X

熱門

    劇情

    STORY

    監製:張少馨

    10/04/2017

    (Nepali)

    नुजीआंग नदी टंगुला हिमशृंखलाको दक्षिणी मोहडाको जिरेपाइजबाट उत्पत्ति भएको छ । यसको माथिल्लो भागलाई तिब्बतीहरूले “नाकु” भन्दछन्, यसको अर्थ कालो नदी हो ।   यो युन्नान प्रान्तको गंगशान क्षेत्रको क्विनाटंग तर्फ बग्छ; त्यहाँ पुगेपछि यसलाई चिनियाँ भाषामा नुजीआंग नदी र नु भाषामा “नुमीगुआ” भनिन्छ । त्यसको पनि कालो नदी भन्ने नै अर्थ लाग्छ । 4000 मि. अग्लो बिलु हिमाल र 5000 मि. अग्लो गाओलिगंग हिमालको बीचमा रहेको उक्त स्थान 300 मि. लामो र दुवैतर्फ 40 डिग्री भन्दा केही बढी भिरालो स्थान हो । त्यहाँ लिसस, नस, डुलंग्स, बाइस तथा जांग्स जस्ता अल्पसंख्यक जातिका मानिसहरू बसोबास गर्दछन् । यिनीहरूले उक्त सुन्दर उपत्यकाको बाँच्नको लागि प्रतिकूल स्थिति रहेको स्थानमा खेतीयोग्य जमिन, घरहरू, चर्चहरू, नदी पार गर्ने तुइनहरू बनाएर जीवनलाई जिउन अभ्यस्त बनाएका छन् ।

    नुजीआंग नदीमा डुङ्गा छैनन् । तिनको बदलामा मानिसहरू तुइन वा नदी माथि तन्काइएको डोरी मार्फत नदीको वारपार यात्रा गर्छन् । यहाँका मानिसहरूको जीवनमा सहजता ल्याउन नुजीआंगलिसु स्वायत्त क्षेत्रको सरकारले नदीमा पुल बनाउन लागेको छ ताकि त्यहाँका बासिन्दाहरू बिना जोखिम नदी तर्न सकून् ।  यो तुइनबाट नदी पार गर्ने यो प्राचीन तरीका छिटै नै जोखिमपूर्ण यात्रा रुचाउने यात्रीहरूको लागि मात्र प्रयोग हुने क्रियाकलाप बन्नेछ । यो कार्यक्रममा हामीले त्यहाँका आँटी गाउँलेहरू र तिनीहरूले पालेका जनावरहरूको पानीको छालमाथि तुइनमा झुण्डिएर नदी तरेर बजार जाने साहसिक यात्राका अन्तिम झलकहरू देखाउन चाहन्छौं । “तुइन डाक्टर” ले कसरी आफ्ना बिरामीहरूको हेरचाह गर्छन् भन्ने कुरा देखाउने छन्, साथै उनले गाउँले जनजीवनमा आइरहेका परिवर्तनहरूको बारेमा समेत थप जानकारी दिनेछन् । फलामको काम गर्ने दुई पुस्ताका व्यक्तिहरूले गाउँमै निर्मित तुइनमा मान्छे झुन्डिने अंकुश कसरी बनाइन्छ भन्ने बताउने छन् । उनीहरूले गाउँमा रहेका हरेक व्यक्तिहरूका लागि आवश्यक उपकरण बनाउने तरीका देखाउने छन् ।


    प्रसारण सम्बन्धी जानकारी  :

    10-04-2017, सोमवार , 1730-1800

    (पुन: प्रसारण )

    14-04-2017, शुक्रवार, 1130-1200

    15-04-2017, शनिवार, 0630-0700


    怒江發源于唐古拉山南麓的吉熱拍格,上游藏語稱「那曲」,意為「黑水河」。它流經雲南境內貢山縣的齊那桶後稱?怒江,怒族語稱「怒米挂」,也是黑水的意思。整條怒江都被平均海拔4000多米的碧羅雪山和海拔5000多米的高黎貢山夾峙著,形成了一條300多公里的峽谷,兩邊坡度平均在40度以上。然而傈僳、怒、獨龍、白、藏等少數民族就在這斜坡上種地、修房子、建教堂、用溜索過怒江,將生活融入這個東方大峽谷既美麗又嚴峻的環境中去。

    怒江上不見船,最矚目的便是「溜索」。為了改善人民生活,怒江傈僳族自治州政府將以橋取代溜索,保障來往怒江兩岸人民生命安全。「溜索」這種原始交通運輸工具即將消失,成為旅遊體驗項目。在這個時代到來之前,且讓我們趕一趟市集,跟村民、家畜在怒江上飛一回,感受人民加上溜索那種無懼怒江的原始魅力。我們還會跟溜索醫生去看病,由他道出當地人民生活的改變。掛在「溜索」上的鐵勾是當地少數鐵匠自家替村民度身訂造的,一如城市裏的私家車一樣,有需要的每家每戶都有自己的,有單勾,有雙勾。我們訪問兩代鐵匠,看看將生命懸於一線的「溜索」鐵勾是怎樣打造出來的。

    傈僳族是山民,善狩獵,弩弓是他們的標誌,更有傳說謂最初的溜索就是用射下太陽的巨大弩弦做的。一位老工匠示範製造傈僳族弩弓的工藝,現在雖然已不能狩獵,但一些村民上山採藥採磨菇的時候,他們還是會帶上弩弓以防猛獸。弩弓射藝,除了過年過節是重點項目之外,平時也成為他們的比賽娛樂之一。

    爬到山上看怒江第一灣,江水雖凶猛也得順勢繞了一大圈,人在怒江生活,也不得不就地取材,順勢而為。


    播映日期:
    10-04-2017, 星期一, 1730-1800
    (重播)
    14-04-2017, 星期五, 1130-1200
    15-04-2017, 星期六, 0630-0700

    集數

    EPISODES
    • गन्तव्यमा नपुर्याउने एउटा नयाँ बाटो 絕壁上的兩條路

      गन्तव्यमा नपुर्याउने एउटा नयाँ बाटो 絕壁上的兩條路

      (Nepali)

      टाईहांग हिमालको अत्यास लाग्दो उकालो चढ्दै गर्दा समुन्द्री सतहबाट 16000 मिटरमाथि ग्वालियांग नाम गरेको एउटा सुन्दर गाउँ देखापर्छ ।। यो विकट हिमाली भेगमा जीवन यापन गर्न फलाम भन्दा कठोर इच्छा शक्ति आवश्यक हुन्छ । टुप्पोमा पुग्ने दुई बाटाहरूले गाउँलेहरूको दुई पुस्तामा अन्तर्विरोधी तस्विर सिर्जना गरेका छन् ।

      ग्वालियांग गाउँ हेनान प्रान्तको जिन्जियांग सहरको हुइजियांग भन्ने स्थानबाट 55 किमी उत्तर पश्चिममा पर्छ । पूर्वीय हान वंशको अन्त्यतिर जनताहरू कर्मचारी तथा जमिन्दार दुवैबाट शोषित थिए । तिनीहरूको जीवन अत्यन्त कष्टकर थियो । टाईहांगको ग्वालियांग भन्ने व्यक्तिले आफ्ना सेनालाई त्यहाँको टाकुरामा लगेर तालिम दिने योजना बनाई त्यसै अनुसार विद्रोह सुरु गरे । उनी ग्वालियांगको सम्झनामा त्यहाँका पछिल्ला पुस्ताले त्यस गाउँलाई ग्वालियांग भन्न थाले । प्रचुर मात्रामा स्रोतहरु नहुँदा नहुँदै पनि टाईहांग हिमालदेखि को ढुङ्गाका बार, ढुङ्गाकै पुल – पुलेसा, ढुङ्गे घर, ढुङ्गे टेबल र खाट समेत ढुङ्गाकै बनाए । त्यो “ढुङ्गे गाउँ” ले कठोरताको सुन्दरता झल्काउँछ ।

      विगतमा गाउँलेहरू आकाशे सिँढीबाट उकालो –ओरालो गर्थे । गाउँलेहरूले मसला देखि चौपाया सम्मका आफ्ना सबै आवश्यकताहरू यही एकमात्र बाटोबाट पूरा गर्थें । सो आकाशे सिँढी मिंग वंशका पालामा बनाइएको थियो र किंग वंशका दाओग्वान्गका समयमा विस्तार गरिएको थियो । त्यो नागबेली सडक थुम्काको एकापट्टीबाट निकालिएको थियो । त्यो बाटोको कुनै स्थानमा त 0.4 मिटर सम्म साँघुरो थियो ।  कुनै व्यक्ति सो सडकबाट खसेमा ऊ हिमालमा पुरिन पुग्थ्यो । त्यो विकट स्थानको जन जीवन अत्यन्त कठिन थियो । स्कुल जाने, चिकित्सककोमा जाने तथा विवाह गर्न समेत समस्या हुन्थ्यो । त्यस गाउँको विकटता देखि आजित भएर युवाहरू त्यहाँ बाट बिस्तारै पलायन हुन थाले ।


      प्रसारण सम्बन्धी सूचना:
      17-04-2017, सोमवार , 1730-1800

      (पुन: प्रसारण )

      21-04-2017, शुक्रवार 1130-1200

      22-04-2017, शनिवार, 0630-0700


      巍峨的太行峽谷壯闊俊美,深山斷崖上,聳立著一個海拔1600多米的村莊—郭亮村。在大山中的生存之道,就是要培養比石頭更頑強的意志,深山中有兩條路,為兩代人帶來了不同的風景。
      郭亮村位於河南省新鄉市輝縣西北55公里處,東漢末年,地主和封建官僚不斷剝削,民不聊生,太行山區的郭亮,在絕壁上隱藏練兵,率領農民揭桿起義,後人?了紀念他,將其大本營稱?郭亮村。老村資源匱乏,一切皆建自太行山的條石,村中盡見石橋、石房、石桌、石床,隱世石頭村莊,有種原始粗糙的美。

      從前,世代人都是走一條絕壁小路,稱為“天梯”。油鹽醬醋丶牛羊雞豬,全是從山下抱上來。天梯始建於明代,清道光年間擴修,在90度角的絕壁上鑿出“之”字型石坑,最窄的地方只有0.4米,上頂峭壁,下臨深淵,一摔下去,人便葬身太行山。當時上學難丶看病難丶結婚難,年青一代都逃到山下去。

      為了不讓郭亮村成為無人廢村,1972年,郭亮村民決定開鑿下山的第二條路,一條稱為郭亮洞的車路。他們賣掉山羊、山藥,集資購買鋼錘,全憑手力,以愚公移山式的拼勁,歷經5個寒暑,一錘一錘鑿去了2萬6千立方米石頭,開闢出總長1300米、寬6米、高4米的長廊,在1977年5月1日通車。兩條寶貴生命為開路而犧牲了,但他們留下的,是交通史上一項人類奇跡。

      如今,沿太行峭壁而上,陽光透過郭亮洞的天窗,在山體上畫出獨特的光影,光線流轉,好像走進一條時光隧道。公路開通之後,憑素雅的山鄉風情,保存完好的原始村落,還有溶洞和銀瀑,郭亮村受遊客丶畫家、攝影家、影視導演青睞。村裏家家都開展旅遊業,成功吸引年青一代留下,但新一代卻缺乏了老一輩山民的拼勁,郭亮洞這條石路帶給村裏人的究竟是什麼,一時間也說不清楚。

      冬天的初雪,降臨太行山,公路和天梯都不能走,沒有遊客的紛擾,大山回復一片恬靜。嶙峋的郭亮洞裡,每一斧每一鑿都烙印著愚公移山的決心,老一輩憑雙手,創造自己想走的路,而未來的路,就看下一代如何走下去。


      播映日期:
      17-04-2017, 星期一, 1730-1800
      (重播)
      21-04-2017, 星期五, 1130-1200
      22-04-2017, 星期六, 0630-0700

      17/04/2017
    • नुजीआंगको जिप्लिनको जीवनशैली 溜索飛人

      नुजीआंगको जिप्लिनको जीवनशैली 溜索飛人

      (Nepali)

      नुजीआंग नदी टंगुला हिमशृंखलाको दक्षिणी मोहडाको जिरेपाइजबाट उत्पत्ति भएको छ । यसको माथिल्लो भागलाई तिब्बतीहरूले “नाकु” भन्दछन्, यसको अर्थ कालो नदी हो ।   यो युन्नान प्रान्तको गंगशान क्षेत्रको क्विनाटंग तर्फ बग्छ; त्यहाँ पुगेपछि यसलाई चिनियाँ भाषामा नुजीआंग नदी र नु भाषामा “नुमीगुआ” भनिन्छ । त्यसको पनि कालो नदी भन्ने नै अर्थ लाग्छ । 4000 मि. अग्लो बिलु हिमाल र 5000 मि. अग्लो गाओलिगंग हिमालको बीचमा रहेको उक्त स्थान 300 मि. लामो र दुवैतर्फ 40 डिग्री भन्दा केही बढी भिरालो स्थान हो । त्यहाँ लिसस, नस, डुलंग्स, बाइस तथा जांग्स जस्ता अल्पसंख्यक जातिका मानिसहरू बसोबास गर्दछन् । यिनीहरूले उक्त सुन्दर उपत्यकाको बाँच्नको लागि प्रतिकूल स्थिति रहेको स्थानमा खेतीयोग्य जमिन, घरहरू, चर्चहरू, नदी पार गर्ने तुइनहरू बनाएर जीवनलाई जिउन अभ्यस्त बनाएका छन् ।

      नुजीआंग नदीमा डुङ्गा छैनन् । तिनको बदलामा मानिसहरू तुइन वा नदी माथि तन्काइएको डोरी मार्फत नदीको वारपार यात्रा गर्छन् । यहाँका मानिसहरूको जीवनमा सहजता ल्याउन नुजीआंगलिसु स्वायत्त क्षेत्रको सरकारले नदीमा पुल बनाउन लागेको छ ताकि त्यहाँका बासिन्दाहरू बिना जोखिम नदी तर्न सकून् ।  यो तुइनबाट नदी पार गर्ने यो प्राचीन तरीका छिटै नै जोखिमपूर्ण यात्रा रुचाउने यात्रीहरूको लागि मात्र प्रयोग हुने क्रियाकलाप बन्नेछ । यो कार्यक्रममा हामीले त्यहाँका आँटी गाउँलेहरू र तिनीहरूले पालेका जनावरहरूको पानीको छालमाथि तुइनमा झुण्डिएर नदी तरेर बजार जाने साहसिक यात्राका अन्तिम झलकहरू देखाउन चाहन्छौं । “तुइन डाक्टर” ले कसरी आफ्ना बिरामीहरूको हेरचाह गर्छन् भन्ने कुरा देखाउने छन्, साथै उनले गाउँले जनजीवनमा आइरहेका परिवर्तनहरूको बारेमा समेत थप जानकारी दिनेछन् । फलामको काम गर्ने दुई पुस्ताका व्यक्तिहरूले गाउँमै निर्मित तुइनमा मान्छे झुन्डिने अंकुश कसरी बनाइन्छ भन्ने बताउने छन् । उनीहरूले गाउँमा रहेका हरेक व्यक्तिहरूका लागि आवश्यक उपकरण बनाउने तरीका देखाउने छन् ।


      प्रसारण सम्बन्धी जानकारी  :

      10-04-2017, सोमवार , 1730-1800

      (पुन: प्रसारण )

      14-04-2017, शुक्रवार, 1130-1200

      15-04-2017, शनिवार, 0630-0700


      怒江發源于唐古拉山南麓的吉熱拍格,上游藏語稱「那曲」,意為「黑水河」。它流經雲南境內貢山縣的齊那桶後稱?怒江,怒族語稱「怒米挂」,也是黑水的意思。整條怒江都被平均海拔4000多米的碧羅雪山和海拔5000多米的高黎貢山夾峙著,形成了一條300多公里的峽谷,兩邊坡度平均在40度以上。然而傈僳、怒、獨龍、白、藏等少數民族就在這斜坡上種地、修房子、建教堂、用溜索過怒江,將生活融入這個東方大峽谷既美麗又嚴峻的環境中去。

      怒江上不見船,最矚目的便是「溜索」。為了改善人民生活,怒江傈僳族自治州政府將以橋取代溜索,保障來往怒江兩岸人民生命安全。「溜索」這種原始交通運輸工具即將消失,成為旅遊體驗項目。在這個時代到來之前,且讓我們趕一趟市集,跟村民、家畜在怒江上飛一回,感受人民加上溜索那種無懼怒江的原始魅力。我們還會跟溜索醫生去看病,由他道出當地人民生活的改變。掛在「溜索」上的鐵勾是當地少數鐵匠自家替村民度身訂造的,一如城市裏的私家車一樣,有需要的每家每戶都有自己的,有單勾,有雙勾。我們訪問兩代鐵匠,看看將生命懸於一線的「溜索」鐵勾是怎樣打造出來的。

      傈僳族是山民,善狩獵,弩弓是他們的標誌,更有傳說謂最初的溜索就是用射下太陽的巨大弩弦做的。一位老工匠示範製造傈僳族弩弓的工藝,現在雖然已不能狩獵,但一些村民上山採藥採磨菇的時候,他們還是會帶上弩弓以防猛獸。弩弓射藝,除了過年過節是重點項目之外,平時也成為他們的比賽娛樂之一。

      爬到山上看怒江第一灣,江水雖凶猛也得順勢繞了一大圈,人在怒江生活,也不得不就地取材,順勢而為。


      播映日期:
      10-04-2017, 星期一, 1730-1800
      (重播)
      14-04-2017, 星期五, 1130-1200
      15-04-2017, 星期六, 0630-0700

      10/04/2017
    • टेरेसहरूमा किनाराहरू घुम्ने 人在山田

      टेरेसहरूमा किनाराहरू घुम्ने 人在山田

      (Nepali)

      1200 बर्ष भन्दा अघि हनी जातीका पुर्खाहरूले कोदालोमात्र प्रयोग गरेर युन्नानको युआनयांगमा रहेको आइलाओ हिमाल आसपासको अप्ठेरो जमिनलाई फराकिलो खेतीयोग्य जमिनको फाँट बनाए । यसो गरेर उनीहरूले त्यो फाँटको चारैतिर घेरिएका टेरेस वरिपरि एउटा पर्यावरणीय प्रणाली निर्मित गरे जसले गर्दा यो एउटा मनमोहक प्राकृतिक दृश्य भएको कलाकारिताको नमुनाको सिर्जना भयो । यसबाट टेरेसको वरिपरि घेर्ने संस्कृतिको सुरुवात भयो ।

      हनीहरूले त्यहाँ कीटनाशक औषधीको प्रयोग नगरीकन रातो धान फलाए । प्रत्येक वर्ष धान काट्ने समयमा सबैले धान काट्न र किनाराबाट घरसम्म ओसार्न सघाउँथे, जसको कारण धान काट्ने समय हनी जातिका मानिसहरू बीच सम्बन्ध गाढा बनाउने अवसर थियो । यो ठाउँमा धान उमार्नु अत्यन्त गाह्रो काम थियो । हिमालले मानिसहरूलाई चाहे जति खेत त दियो तर त्यही हिमालको कारण उनीहरूलाई काम गर्न कठिनाइ पनि भयो । हरेक टेरेसको एक खुट्किलो एक मिटर भन्दा अग्लो थियो । जसको कारण खेतमा माथि उक्लँदा र ओर्लंदा किसानहरूले खर्पन प्रयोग गर्न सक्दैनथे । उनीहरूले आफ्ना सामान सधैँ ढाडमा बोक्नु पर्थ्यो – उनीहरू इँट, बालीहरू र बच्चाहरू समेत डोकोमा बोक्ने गर्थे । ढाडमा बोकेको भारीका कारण उनीहरूको टाउको सधैँ अघिल्तिर निहुरेको हुन्थ्यो । यस प्रकारको कृषि जीवनले हनीहरूलाई दह्रा र नम्र बनाएको थियो ।

      परम्परागत हनी भवनहरूमा खरका छानाहरू हुन्छन् । तर नयाँ पुस्ताले आधुनिक भवनहरू मन पराउने भएकोले च्याउ घरको नामले समेत चिनिने यी पुराना किसिमका संरचना भएका घरहरू हराउँदै गएका छन् । ली जिनसँग परिवारको जेठो छोरो हो । परिवारको पालन पोषण गर्न सेनजेनमा 15 वर्ष काम गरेर ऊ तीन वर्ष अघि मात्र घर फर्केको हो । पुर्ख्यौली घरले नयाँ र पुराना परिवार जोड्ने माध्यमको प्रतिनिधित्व गर्ने भएकोले यी घरहरू बचाएर राख्नुपर्ने उसको तर्क छ । चाडबाडको समयमा परिवारका सदस्यहरू भोज खान त्यो पुर्ख्यौली घरमा भेला हुन्छन् र आफूले फलाएको रातो धानका परिकारहरू खान्छन् ।


      प्रसारण जानकारी:

      03-04-2017, सोमवार, 1730-1800

      (पुनः प्रसारण)

      07-04-2017, शुक्रबार, 1130-1200

      08-04-2017, शनिवार, 0630-0700


      一千二百多年前,哈尼族祖先在環境惡劣的雲南縣元陽哀牢山,為求生存,用鋤頭開闢出一片山田,無意間創造出一個梯田生態系統,造就了人文及自然景觀,亦建立起一種以梯田為生命重心的文化。
      梯田生產的哈尼紅米,不施農葯,一年一造,秋收日子需要人手,叔伯兄弟通常會合力幹活,梯田維繫了宗族情誼,一袋袋穀,要從最下級梯田背回家,確是粒粒皆辛苦。山,提供了田地,但是亦令農民格外奔波,兩級梯田的高差達一米,在田間攀爬,不能用扁擔,哈尼人習慣用背簍,他們背土背磚丶背農作物,甚至讓孩子在背簍長大,揹著幾十斤上山,人無法不低頭,哈尼梯田文化的重心,就是歲月磨鍊出來的刻苦和謙卑。

      哈尼人的傳統居住文化,以茅草織成屋頂的蘑菇房作為代表,不過,新一代不再留戀老房子,蘑菇房已非常稀少。李勁松是家中長子,為改善家計,到深圳奮鬥了15年,3年前回流家鄉,他堅持保留老舊的祖屋,認為它是家族親情的象徵,每逢節日,一家人會回到老祖宗的房子團聚,吃自家梯田種的紅米。

      流傳了千多年的衣服,表現了民族的情感所依,哈尼女裝採用藍丶黑等素色,代表樸實的民族性,衣服上的條子代表山路,頸前的一圈代表梯田,哈尼族的一生,就是沿著山爬丶繞著梯田轉。

      村裡一個70多歲的老伯去世,男親屬在屋外吃酒,婦女穿上華麗傳統服,小孩子圍在一起玩遊戲,死亡,對哈尼族來說並不可怕,而是生命的自然流程。哈尼人出生後,將一生投放在梯田,去世後仍然下葬在梯田邊,在另一個世界裏守望梯田。

      梯田是大人的工地,卻是孩子的遊樂場,11歲的李宇航和玩伴愛跑到田裡撒野,將來,這片田,父親將會傳給他。哈尼新一代,大部份在學校讀書,甚少幫忙種田,面對祖輩開墾承傳下來的萬頃山田,去與留的選擇,將會成為長大後的一大難題。


      播映日期:
      03-04-2017, 星期一, 1730-1800
      (重播)
      07-04-2017, 星期五, 1130-1200
      08-04-2017, 星期六, 0630-0700

      03/04/2017
    • टेरेसहरूको चमत्कार 水田奧妙

      टेरेसहरूको चमत्कार 水田奧妙

      (Nepali)

      लामो समयदेखि को परम्परागत संस्कृतिले आधुनिक सभ्यतालाई साँधै प्रेरित गर्न सक्छ । पृथ्वीको दश प्रतिशत मात्र समथर जमिन भए पनि साठी प्रतिशत पानी र तीस प्रतिशत पहाड-पर्वतहरू छन् । खाद्यान्न अभावको लागि टेरेस खेती वास्तवमै एउटा सम्भव समाधान हो ।

      1200 वर्षभन्दा अघि, हानिहरूले, प्राचीन औजारको मद्दतले युङ्याङ् क्षेत्रको निर्जन आइलाओ पर्वतमालाको आकार रेखा  सँगै टेरेसहरू बनाए ।  कैयौँ अज्ञात पूर्वजहरूको संयुक्त प्रयासले त्यो पर्वतमालालाई 170,000 एकड जमिनमा परिणत गरेको छ , जसले 300,000 भन्दा बढी गाउँलेहरूलाई खाद्यान्न प्रदान गरेको छ ।

      खेतीको लागि पानी अत्यावश्यक हुन्छ । पर्वतमा जलाशय नभए पनि बादल र जङ्गल त्यहाँ खेतीपाती गर्ने पानीको महत्वपूर्ण स्रोतको रूपमा उभिएका छन् । हानिहरूले रुखलाई आफ्नो अभिभावक भगवानको रूपमा लिन्छन् । रुखले पानी संचय गर्न सक्छ । एक हिसाबले रुखहरूप्रति को मानिसको सम्मानले पानीको स्रोतहरूलाई पर्वतहरूमा संरक्षण गरेको छ । आइलाओ पर्वतमालाको मुनि बग्ने होङ्घे नदीले जमिन-खण्ड लाई सदियौंदेखि आद्रता प्रदान गरिरहेको छ –पानी तलबाट वाष्पीकरण भएर माथि बादल र तुसारो बनेर पर्वतमालाको वरिपरि फैलन्छ अनि जङ्गलमा चिसिएर पानीको थोपा बन्छ र अन्त्यमा खोला बन्छ । पानी र  जैविक मल कुलोमार्फत सङ्कलन गरेर जमिनमा सिँचाई गरिन्छ ।

      प्रसारण सम्बन्धी सूचना:

      27-03-2017, सोमवार, 1730-1800

      (पुनः प्रसारण)

      31-03-2017, शुक्रवार, 1130-1200

      01-04-2017, शनिवार, 0630-0700


      每一種能經久流傳的古老文化,總對現代文明帶來啟發,地球六分水、三分山、一分平地,維持梯田農業,是未來全球糧食發展的啟示。

      元陽哈尼梯田歷史悠久,見於史料記載,已有一千二百多年前,當年,在蒼涼的哀牢山,哈尼人用簡約的鋤頭,沿等高線把山坡開成農地,塑造出邁向天際的梯田。這19萬畝梯田,是莽然浩壯的集體勞作方式,至今仍養育著30多萬農業人口,卻沒有人知道開墾者的名字。

      耕作首要條件是水源,整個山上雖然沒有水庫,但雲海就是天空中的大海,森林就是綠色水庫。樹木,被視為庇祐哈尼人的神,樹木可以貯水,敬樹的信仰保護了水源。流淌在哀牢山下的紅河,是梯田供水的源頭,水氣從低緯度蒸發,順著山爬,到山上變成雲霧,降雨到原始森林,匯成涓流再回歸江河,便完成一次完整的水循環。水,沿哈尼人開闢的水溝流淌而下,帶著牲畜糞便,為泥土施肥,孕育了農作物。

      梯田經常雲霧繚繞,吸引了無數攝影人來追光逐影,飄渺的雲霧,就是梯田水源的具體展現。哈尼梯田是世界規模最大的梯田,一個水稻品種持續種植了上千年,2010年,聯合國教科文組織、聯合國糧農組織、世界遺產中心在紅河州舉辦世界梯田大會,哈尼梯田漸受世界注視,更將會被申報列入世界遺產。她的傳統智慧,對地球生態有啟迪作用,哈尼人並不征服自然,而是融合於大自然的循環,從中尋到自己的的生存空間,創造出森林、村寨、梯田與水系和諧統一的生態系統。不過,當講求經濟效益的思維不斷入侵哈尼梯田區,原生態的食品,與及這個強韌的水稻品種,不知還可以持續多久。

      在偏遠山上這豐饒的稻米之鄉,留給哈尼後人活命的糧食丶和謎一般的農耕智慧,而天人合一的奧妙,正藴藏其中。


      播映日期:
      27-03-2017, 星期一, 1730-1800
      (重播)
      31-03-2017, 星期五, 1130-1200
      01-04-2017, 星期六, 0630-0700

      27/03/2017
    • पीत नदी को किनारमा उभिदैं  守望黃河

      पीत नदी को किनारमा उभिदैं 守望黃河

      (Nepali)

      पीत नदी चिनियाँ संस्कृतिको जन्मभूमि हो । यसको लम्बाई 5464 किमी छ र यसले 795,000 वर्ग किमी क्षेत्रफल ओगटेको छ । धेरै समय अघिदेखि धेरै समूहले यो नदीको किनारमा बसोबास गरेका छन्, र चिनियाँ सभ्यताको यो  उद्गम विन्दुमा धेरै सांस्कृतिक स्वरूपहरू देखिएका छन् । चिङ्हाई फाँटको पूर्वपट्टि अवस्थित सुन्ह्वा सलार स्वशासित क्षेत्रमा बसेका एक लाख सलारहरू यसको जीवन्त उदाहरण हो । उनीहरूको सबै वस्ति र निशानीहरूलाई नदीको पोषणको आशीर्वाद प्राप्त भएको छ ।

      पीत नदी शान्त नदी होइन । पहिलेका मानिसहरू यस नदीमा पुल बनाउन असम्भव छ भन्ने सोचाइ थियो । यद्यपि, आकार अनुसार दश टनसम्म यात्रु र मालसामान ओसार्न सक्ने भेंडाको छालाबाट बनेको एउटा परम्परागत सवारी डुङ्गाको मद्दतले सलारहरू  नदी तर्न सक्छन् । सलारहरूले कोज्वान नामको बाजा बजाउँछन् । तामा र चाँदीबाट बनेको घोडाको टाप आकारको यो बाजा कागज च्याप्ने चिम्टी जत्तिकै सानो हुन्छ । यसको धून कारुणिक र कोमल हुन्छ ।

      हिजरी पात्रो (इस्लामिक पात्रो) को बाह्र मध्ये दसौँ महिनामा कोर्बन पर्व, अर्थात् पशु-वध पर्व पर्दछ । यो परम्परागत इस्लामिक पर्व सलारहरूको सबैभन्दा महत्वपूर्ण पर्व हो । यसको तयारी स्वरूप मानिसहरूले सम्मान देखाउनको लागि आफ्नो घर सफा गर्नु पर्छ । पर्वको दिन वयस्क मुस्लिमहरूले नुहाउनु पर्छ, धूप बाल्नु पर्छ र राम्रो लुगा लगाउनु पर्छ अनि बिहान सबेरै मस्जिद जानु पर्छ । परिवारले भोजनको लागि चौपाया, भेंडा वा ऊँट वध गर्छन्; मिठाई, केक, चाउचाउ आदि पनि बनाइन्छ र  इष्टमित्रहरू तथा छरछिमेकीबीच आदान-प्रदान गरिन्छ । पीत नदी को किनारमा चिनियाँ संस्कृतिमा आफूलाई समाहित गर्दै गरेको आप्रवासी समूहको रूपमा, सलारहरूले आफ्नो संस्कृति पनि लोप नहोस् भनेर जगेर्ना गर्ने प्रयास गरिरहेका छन् । आफ्नो विगतको समृद्ध र रङ्गीन संस्कृतिलाई फैलाउन उनीहरूले आफ्नो पहिचान यथावत् राख्ने र नदीसँगै बाँच्ने सबै प्रयत्न गर्छन् ।

      प्रसारण सम्बन्धी सूचना:

      20-03-2017, सोमवार, 1730-1800

      (पुनः प्रसारण)

      24-03-2017, शुक्रवार, 1130-1200

      25-03-2017, शनिवार, 0630-0700


      黃河是中華文明的發源地,全長約5464公里,流域面積約79.5萬平方公里,自古以來,中華各個民族沿河而生活,黃河之水構建成人文生活的不同面貌。而在青海高原東部邊緣,有一個令人神往的地方,滔滔的黃河水奔流其中,村莊錯落,阡陌相連,其中循化撒拉族自治縣,便是十萬撒拉族人的主要居住地。

      黃河水流湍急,歷史上有「天下黃河不橋」的說法。撒拉族以羊皮筏橫渡黃河,這種傳統水上交通運輸工具,可乘人,可載貨,小的可載重二三噸,大的可載重10餘噸。撤拉族亦懂吹奏樂器「口弦」,口弦一般用銅或銀制,形似馬蹄,只有萬字夾般大,樂聲柔弱淒美。

      古爾邦節是伊斯蘭教的傳統節日,又稱宰牲節,於每年希吉拉曆(伊斯蘭教曆)十二月十日舉行。它是撒拉族最重要的節日,過節前人人將家中灑掃乾淨,當日成年穆斯林特意沐浴熏香並穿上盛裝,男子於清晨到清真寺參加禮拜。各家各戶都宰殺牛、羊或駱駝,煮出手抓羊肉、糖包、油炸蛋糕、炸饊子等食物來宴請客人,並會互相拜會。

      撒拉族是一個移民民族,與中華文化融合而生,依黃河而活。隨著時代變遷,很多傳統文化後繼無人,慢慢成為行將消失的黃河水邊的族群。過去,撒拉族在文化長河中閃礫著獨有的光茫,但現在卻在時代的進程中掙扎求存,默默守望著黃河。

      播映日期:
      20-03-2017, 星期一, 1730-1800
      (重播)
      24-03-2017, 星期五, 1130-1200
      25-03-2017, 星期六, 0630-0700

      20/03/2017