X

熱門

    內容

    CONTENT
    07/10/2019

    (Nepali) सारांश स्ट्रिट वर्काउट(सडकमा कसरत)ले पछिल्लो वर्षहरुमा विश्वभरि लोकप्रियता हासिल गरेको छ। यस खेलको सबैभन्दा राम्रो विशेषता के हो भने यसको लागि साधन किन्नु एक पैसा पनि खर्च पर्दैन, न कुनै सदस्यताको आवश्यकता पर्छ, न त कुनै ठाउँ र समयले बाँधिएको हुन्छ। खेलाडीले मात्र आफ्नो घर नजिकैको पार्कमा रहेको सुविधाहरु र आफ्नो शरीरको विभिन्न अंगहरुलाई विभिन्न उपकरणहरुको प्रयोगले तालिम गरेर, चुनौतिपूर्ण ढांचाहरुमा लग्न सक्षम हुनु पर्छ, जस्तै अति चर्चित "ह्युमन फ्ल्याग" आसन, यसकारणले गर्दा, यो, खेल धेरै खेल प्रेमीहरुको चासो को विषय बनेको छ। सबैका लागि प्रशिक्षक- निकोलस वोङ २३ वर्षीय निकोलस वोङ करिब चार वर्ष अघि स्ट्रिट वर्काउट(सडक कसरत)संग परिचित भए। अहिले उनी कलेजको तेस्रो वर्षको विधार्थी हुनुका साथै, थोरै समय स्ट्रिट वर्काउट प्रशिक्षकका रुपमा पनि आबद्ध छन्। चार वर्ष अघि, उनी कुनै खेलकुदमा संलग्न थिएनन् र एकान्तमा बसेर भिडियो गेम खेल्न रुचाउने गर्थे। एकचोटी उनले स्ट्रिट वर्काउटको विषयमा सेरेण्डिपिटिको छोटो भिडियो हेरे, र सो खेलमा खेलाडीहरुले गरेको शारीरिक आसन देखेर मोहित भएर उनले नजिकैको पार्कमा गएर प्रयास गर्न थाले। त्यसपछि उनी यो खेलसंग प्रेममा परे र परिश्रमका साथ हरेक दिन प्रशिक्षण गर्दैछन्, फलत: एउटा "हारेको" व्यक्तिबाट स्ट्रिट वर्कआउटमा हङकङ विजेता भए। सन् २०१६ मा, उनले अन्तराष्ट्रिय प्रतियोगितामा हङकङको प्रतिनिधत्व पनि गरे, र स्ट्रिट वर्काउट विश्व कप सुपर फाइनलमा चौथो स्थान हासिल गरे। सबैका लागि खेलाडी- लेस्टर, रेमण्ड, भेरोनिका, मिसेल निकोलसको नजरमा, स्ट्रिट वर्काउटको लागि तीनवटा कुराहरु आवश्यक छन्: इच्छाशक्ति, इच्छाशक्ति, र इच्छाशक्ति! यस पटक हाम्रो समूहले विशेष रूपमा यस्ता व्यस्त शहरी कर्मचारीहरुलाई निमन्त्रणा गरेको छ जसको भित्र महिनौको तालिमबाट हुँदै, स्ट्रिट वर्काउटको प्राथमिक अभ्यासहरु सिक्ने इच्छाशक्ति छ। काम, घर र सामाजिक जीवनहरु आदिको दिनचर्या भरिने भएकाले यिनीहरुका लागि अभ्यासको लागि समय मिलाउन सजिलो छैन। के यिनीहरुले पूर्ण गर्न सक्लान् त हाम्रो निर्माता समूहले तोकेको अन्तिम परिक्षणको पथ: चारजना मिलेर एउटा सार्वजनिक स्थलमा तीन मिनेटको स्ट्रिट वर्काउट प्रदर्शनी। निकोलस वोङका पुरस्कार र सम्मानहरु : हङकङ स्ट्रिट वर्काउट च्याम्पियनशीप २०१५ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप स्टेज अफ ताइवान २०१५ विजेता हङकङ स्ट्रिट वर्काउट च्याम्पियनशिप २०१६ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप स्टेज अफ ताइवान २०१६ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप सुपर फाइनल २०१६ संसारभर चौथो हङकङ स्ट्रिट वर्काउट च्याम्पियनशिप २०१७ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप स्टेज अफ ताइवान २०१७ तेस्रो स्थान प्रसारण सुचना: 07-10-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 10-10-2019, बिहिवार, 0630-0700 11-10-2019, शुक्रबार, 1030-1100 街頭健身這項運動近年在全球迅速興起,它特別在於不需要花錢添置任何器材或購買任何會藉,也不受場地和時間限制,只需利用居所附近的公園設施,加上自身體重和使用不同器械便可鍛鍊身體各個部位,繼而擺出各種帥氣的高難度姿勢,例如「人旗」等標誌性動作,故愈來愈多運動愛好者對此趨之若騖。 全民教練:黃煒峰 現年23歲的黃煒峰(Nicholas)在4年前接觸街頭健身。他現在是一名專上學院學生,也是一名兼職街頭健身教練。4年前的他不愛運動,當時只愛深居簡出「打機」。一次機緣巧合下,他在網上看到街頭健身的短片,被其型格酷炫的動作深深吸引,便立即到附近的公園一試,自此便愛上這項運動並每日勤練,終於由一名「廢青」搖身一變成為香港街頭健身的冠軍。2016年,他更代表香港出國比賽,並於世界盃超級總決賽獲第四名。 全民運動員: Lester、Raymond、Veronica、Michelle 在黃煒峰眼中,街頭健身講求三件事:毅力、毅力和毅力!這次,節目製作組特地邀請了四位繁忙的都市上班族,讓他們接受為期數月的訓練,學習街頭健身的基本動作。四名上班族每天的時間都已被工作、家庭及社交生活等所佔據,要抽空做運動談何容易。他們又能否完成節目製作組所安排的終極測試:四人合力設計和公開演出一段三分鐘的街頭健身表演? 黃煒峰(Nicholas)的個人榮譽: 2015街頭健身錦標賽香港 冠軍 2015街頭健身世界盃台灣站 冠軍 2016街頭健身錦標賽香港 冠軍 2016街頭健身世界盃台灣站 冠軍 2016街頭健身世界盃超級總決賽 世界排名第四 2017街頭健身錦標賽香港 冠軍 2017街頭健身世界盃台灣站 季軍 播映日期: 07-10-2019, 星期一, 1730-1800 (重播) 10-10-2019, 星期四, 0630-0700 11-10-2019, 星期五, 1030-1100


    集數

    EPISODES
    • 滾軸溜冰 / (Nepali) रोलर स्केटिङ

      滾軸溜冰 / (Nepali) रोलर स्केटिङ

      (Nepali) सारांश: रोलर स्केटिङ्ग १९८० को दशकमा मनोरञ्जनात्मक खेल र जीवनशैलीको रुपमा निकै प्रचलित थियो। १९९० को दशकको मध्य र अन्तिममा, इन्लाइन रोलर स्केटीङ्गले लोकप्रियता हासिल गर्न सुरु गर्यो। स्केट गर्न सजिलो हुने उपकरणको कारणले, यो खेल युरोप र अमेरिकामा निकै लोकप्रिय बनेको छ, र एउटा व्यवसायिक खेलको रुपमा पनि स्थापित भएको छ। रोलर स्केटिङ्गको विभिन्न किसिमका खेलहरु छन् - स्पिड स्केटिंग, आर्टिस्टिक रोलर स्केटिङ्ग, फ्रीस्टाइल स्केटिङ्ग, इन्लाइन हकी र रिंक हकी। अहिले विश्वभरि थुप्रै प्रतियोगितामा समावेश गरिने स्पिड स्केटिङ्गको, आफ्नै छुट्टै प्रतियोगिताहरुमा समेत हुने गर्दछ। सबैका लागि प्रशिक्षक: एन्जी वङ एक अवकास प्राप्त स्थानिय रोलर स्केटिङ्ग कर्ता, एन्जी वाङ्गले आठ वर्षको कलिलो उमेरमा पहिलो पटक स्केटिङ्ग गरे देखि नै यो खेलको प्रेमी बनेकी थिईन्। वास्तवमा, उनको आमालाई पनि यो खेलमा निकै रुचि थियो तर स्केट गर्ने मौका पाईनन्। मौका आउने बितिकै, उनले आफ्नी छोरी एन्जीलाई प्रयत्न गर्नको लागि प्रोत्साहन दिईन्। सुरु सुरुमा एन्जी हिच्किचाएकी थिईन्, तर पनि एकचोटी रिंकमा गएपछि चार घण्टासम्म स्केटिङ्ग गरिरहिन्। त्यसपछि, एन्जी नियमित अभ्यासको लागि जाने गर्थिन् । भिक्टोरिया पार्कमा रहेको स्केटिङ्ग गर्ने रिंक उनको दोश्रो घर बनेको थियो। त्यहाँ उनले आफु जस्तै थुप्रै साथीहरु भेट्नुका साथै धेरै विधार्थीहरुलाई प्रशिक्षण समेत दिईन्। सुरुमा उनी आर्टिस्टिक रोलर स्केटिङ्गमा केन्द्रित भईन, तर पछि गएर स्पिड स्केटिङ्ग रोजिन्। सन् २००१ मा भएको राष्ट्रिय चिनिया प्रतियोगितामा हासिल गरेको दोस्रो स्थान एन्जीको सबैभन्दा महत्वपुर्ण जित हो। पछि गएर, आफ्नै राम्रोको लागि रोलर स्केटिङ एरिना छोड्ने निचो गरिन्, र अवकाश लिएर अष्ट्रेलियामा पढिन्। अप्रत्याशित रुपमा, उनकी सानी बहिनीको नाम र विशिष्ट प्रदर्शनीले उनलाई स्केटिङ्ग पुन: सुरु गर्न प्रेरित गर्यो, र उनी रोलर स्केटिङ्गको जगतमा फर्केर आईन्। अहिले उनी प्रशिक्षक र निर्णायक बन्नमा आफुलाई समर्पित गरेकी छिन्, साथै रोलर स्केटिङ्गको सम्वर्धनको लागि पनि काम गर्छिन्। उनले प्राय: विभिन्न क्षेत्रका खेलाडीहरुलाई विश्वको विभिन्न प्रतियोगिताहरुमा समावेश गराउछिन्। सबैका लागि खेलाडी: चारमाईन, जामी, माइक, मार्टिन, रिचर्ड, टिनग्की, विङ हङकङमा, प्राय: जसो बच्चाहरु र युवाहरु रोलर स्केटिङ्ग सिक्दछ्न्। तर यसपाली, हामीले वयस्कहरुलाई प्रशिक्षण दिनेछौं जो अभिभावक पनि हुन्! उनीहरु सबै ३० वर्षभन्दा माथिका हुन्। अभिभावक भएको नाताले, उनीहरुले दैनिक जीवन, परिवार र कामको कारण कठिन जिम्मेदारी वहन गर्नु पर्दछ। आफ्नो अधिकतम समय र उर्जा बच्चाको हेरविचारमा लगाउने भएकोले, उनीहरु संग शारीरिक व्यायामको लागि थोरै मात्र समय हुन्छ। तर यी अभिभावकहरुले आफ्ना परिवारलाई केहि क्षणको लागि पछाडी छाडेर नयाँ खेल सिक्ने चुनौती स्वीकार गर्ने निर्णय गरेका छन्। यिनका चुनौतीहरुमध्ये प्रथम हो स्पिड स्केटिङ्ग जसमा तिव्र गति नै जितको मूल हो, र अर्को हो अवरोध पथ जसमा सामान्य सिपको आवश्यकता पर्दछ। अन्तत: हामी यो हेर्नेछौं कि उनीहरुले कठिन शैली पर्ने फ्रीस्टाइल रोलर स्केटिङ्ग रेसमा प्रतिस्पर्धा गर्न सक्षम छन् या छैनन्। प्रसारण सुचना: 21-10-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 24-10-2019, बिहिवार, 0630-0700 25-10-2019, शुक्रबार, 1030-1100 滾軸溜冰曾經在80年代風靡一時,既是消閒運動,也是潮流。到了90年代中後期,單線(單排)滾軸溜冰開始流行,經過改良的器材亦使人更易掌握,令單線滾軸溜冰在歐美等地盛行,甚至發展出專業運動比賽。 與滾軸溜冰有關的運動大致分為幾類,包括速度滾軸溜冰、藝術滾軸溜冰、自由式輪滑、單線曲棍球及滾軸溜冰曲棍球等等。速度滾軸溜冰在世界不少地區已成為運動會比賽項目,亦有專門的比賽。 全民教練:王家芸(Angie) Angie是香港退役的滾軸溜冰選手,8歲時第一次試玩滾軸溜冰便愛上。其實,Angie的媽媽很喜歡滾軸溜冰,可惜沒機會玩,在一次機緣巧合下,便鼓勵Angie去玩。起初Angie並不願意,但一下玩便玩了整整4個小時。 後來,Angie幾乎天天都自己去練習,維園的滾軸溜冰場基本上是她的另一個家。在那裏,她認識了不少志同道合的朋友,後來也訓練過不少學生。她初時專注於藝術滾軸溜冰,後來才轉玩速度賽。 Angie的最佳成績是在2001年奪得中國全國賽的亞軍。後來,她因負笈澳洲而退役,並打算從此退出滾軸溜冰界。Angie沒想到妹妹在滾軸溜冰比賽上也闖出名堂,屢獲佳績,不禁技癢起來,最終也重投滾軸溜冰的懷抱。現時Angie主要擔任教練和裁判的工作,並積極推廣滾軸溜冰,經常帶領各地選手到不同地方比賽。 全民運動員:Charmaigne、Jamie、Mike、Martin、Richard、Tingki、Wing 在香港,學習滾軸溜冰的多為兒童與青少年。這次,我們的訓練對象卻是一群已為人父母的成年人! 他們都年過三十,身為家長,生活、家庭及工作壓力非常沉重。他們大部分的精神時間都花在小朋友身上,可以花在運動上的時間簡直少之又少。幾位父母卻決定接受挑戰,暫時放下家庭,穿上溜冰鞋,嘗試學習一項新運動。 挑戰目標包括以速度取勝的速度賽,以及要掌握簡單花式技巧的障礙賽,最終再看看大家能否應付技巧複雜的平地花式賽。 播映日期: 21-10-2019, 星期一, 1730-1800 (重播) 24-10-2019, 星期四, 0630-0700 25-10-2019, 星期五, 1030-1100

      21/10/2019
    • 划艇 / (Nepali) डुङ्गा खियाउने

      划艇 / (Nepali) डुङ्गा खियाउने

      (Nepali) सारांश कयाकिंग यस्तो खेल हो जसमा बल र शारीरिक क्षमता आवश्यक हुन्छ। जब कुनै व्यक्ति सीमाहीन समुन्द्रमा एक्लै कायाकिंग गर्दछ, त्यसको लागि आत्मबल त चाहिन्छ नै, तर त्यसले मानिसलाई प्रकृति र समुन्द्रसंग निकट पनि बनाउछ। ड्रागन बोटिङ्ग खेलको लागि निकै धेरै बल र समूहको इच्छाशक्ति चाहिन्छ। १० जना मानिसले भरिएको ड्रागन बोट खियाउँदै अन्तिम बिन्दु सम्म लग्नको लागि, एकताले सबैभन्दा महत्वपुर्ण भूमिका खेल्दछ, त्यसैले हरेक सदस्यले एकै साथ लयबद्ध तरिकाले प्याडल चलाउनु पर्ने हुन्छ। "खेलकुद सबैका लागि" को यो शृंखलामा, कायाकिंगकी खेलाडी एन्जल हो र ड्रागन बोटका प्रशिक्षक ज्याकी सोले दृष्टि विहिनहरुको एक समूहलाई प्रशिक्षण दिनेछन्, जहाँ कायकिंग र ड्रागन बोटिङ्ग द्वारा उनीहरुको आत्मबल, सामुहिक इच्छाशक्तिको परिक्षण गरिने छ। सबैका लागि प्रशिक्षक- कायाकिंग खेलाडी एन्जल हो एन्जल हो २६ वर्षको उमेर छँदा पहिलो पटक कायाकिंग खेलको सम्पर्कमा आईन् र तुरन्तै यस खेल संग उनलाई प्रेम भयो। महिनौ पछि, उनले थिउन मुन जिल्लामा भएको कायाक प्रतिस्पर्धामा प्रथम स्थान हासिल गरिन्, जसपश्चात उनले एक खेलाडीका रुपमा आफ्नो यात्रा शुरु गरेकी छिन् । सन् २०१० देखि, एन्जलले अन्तराष्ट्रिय प्रतिस्पर्धाहरुमा भाग लिन थालेकी हुन् र ताइवान, मलेसिया, कोरिया आदि देशहरुमा भएका कायाक प्रतिस्पर्धामा विजयी बनेकी छिन् । सन् २०१४ मा उनले ईन्च्योनमा भएको एसियन गेम्समा कायाक प्रतिस्पर्धामा हङकङको प्रतिनिधित्व गरेकी थिईन्। पछिल्लो केहि वर्षहरुमा, उनी प्रशिक्षकको रुपमा समर्पित भएकी छिन् र कयाकिंगको माध्यमबाट आगामी पुस्ताहरुलाई प्रेरणा दिने आशा राख्छिन्। सबैका लागि खेलाडी - दृष्टिविहिन मानिसहरु: बिग ब्रदर, अङ्कल फ्याट, लोफ, क्लारा, विङ्ग-चि यी पाँच दृष्टि विहिनहरु भिन्न कारणहरुले दृष्टि विहिन भए, कोहि जन्मजात त कोहि रोगले दृष्टि विहिन भएपनि, उनीहरुमा एउटा समान धारणा छ : "दृष्टि विहिनताले जीवनको बाटोमा अवरोध सिर्जना गर्दैन।" बिग ब्रदरले अरु दृष्टिविहिनहरुमा उत्साह जगाउनका लागि कंग फु सिकाउँछन्; अङ्कल फ्याटले भित्री आनन्दको खोजीका निम्ति संगीत बजाउने गर्छन्; लोफले आफ्नो दक्षता प्रमाणित गर्नको लागि कुकीहरु बेच्ने व्यापार गर्छन्; क्लाराले आफ्नो भित्रि डरसंग विजय पाउनको लागि कलाकारिता गर्छिन्; र विङ्ग-चिले सक्रियताका साथ सामुहिक कार्यहरुमा आफ्नो संलग्नता जनाउँछन्। यसपाली उनीहरुले एन्जल हो र ज्याकी सोको कायाकिंग/ड्रागन बोटिङ्ग तालिम लिनेछन्। संसारसंग सम्बन्ध स्थापित गर्नको निम्ति उनीहरुले ड्रागन बोट रेसमा भाग लिने मात्र होइन, १०० मिटर कायाकिंगको परिक्षण एक्लैले पुरा गर्नुपर्ने छ जसकारण यी दुई खेलले उनीहरुको मनोबल र सामुहिक सहकार्य गर्ने क्षमता दुवैलाई चुनौती दिनेछ। प्रसारण सुचना: 14-10-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 17-10-2019, बिहिवार, 0630-0700 18-10-2019, शुक्रबार, 1030-1100 獨木舟是一項講求耐力與體力的運動。當人獨自在茫茫大海中划着獨木舟時,除了考驗意志力,亦是人與海洋及大自然緊密接觸的時刻。 龍舟則講求爆發力與合作精神。要把一艘載着十多人的龍舟划到終點,最重要的是團結一致,隊員必須齊心和齊槳。 兩項划艇運動,雖然相似,但是背後的精神各異。然而,若兩者結合,便能讓個體、群體及自然和諧共融。 在本集「全民動起來」中,獨木舟運動員何賢藝將會與龍舟教練蘇劭匡合作,訓練一羣失明人士,透過獨木舟及龍舟運動,考驗他們的意志力和團隊精神。 全民教練-獨木舟運動員何賢藝 何賢藝在26歲時才第一次接觸獨木舟,但卻立即愛上這項運動。幾個月後,她更在屯門區獨木舟比賽奪冠,從此便展開了她的運動員生涯。 2010年起,何賢藝開始參加國際比賽,並先後在台灣、馬來西亞、韓國等地的獨木舟比賽中奪標。在2014年,她更代表香港參加仁川亞運的獨木舟比賽。 近年,何賢藝主力擔任教練,希望可以藉獨木舟運動啟發年輕一輩。 全民運動員-失明人士:大師兄、發叔、麵包、Clara、詠慈 五位失明人士的失明原因各異,有天生的,也有疾病導致的。然而,五人都有一個共同信念:「失明不是人生的障礙」。 平日,大師兄會教導功夫,用意志力感染其他失明人;發叔則會玩音樂,尋找內心平靜;麵包會發展自己的曲奇餅生意,證明自己的能力;Clara會演戲,克服內心恐懼;而詠慈則積極參與團體活動。 這次,他們參加了何賢藝與蘇劭匡的獨木舟/龍舟訓練。他們不但要一起參加龍舟比賽、與世界接觸,更要完成個人一百米獨木舟考驗,挑戰個人意志與團隊精神。 播映日期: 14-10-2019, 星期一, 1730-1800 (重播) 17-10-2019, 星期四, 0630-0700 18-10-2019, 星期五, 1030-1100

      14/10/2019
    • 街頭健身 / (Nepali) सडक कसरत

      街頭健身 / (Nepali) सडक कसरत

      (Nepali) सारांश स्ट्रिट वर्काउट(सडकमा कसरत)ले पछिल्लो वर्षहरुमा विश्वभरि लोकप्रियता हासिल गरेको छ। यस खेलको सबैभन्दा राम्रो विशेषता के हो भने यसको लागि साधन किन्नु एक पैसा पनि खर्च पर्दैन, न कुनै सदस्यताको आवश्यकता पर्छ, न त कुनै ठाउँ र समयले बाँधिएको हुन्छ। खेलाडीले मात्र आफ्नो घर नजिकैको पार्कमा रहेको सुविधाहरु र आफ्नो शरीरको विभिन्न अंगहरुलाई विभिन्न उपकरणहरुको प्रयोगले तालिम गरेर, चुनौतिपूर्ण ढांचाहरुमा लग्न सक्षम हुनु पर्छ, जस्तै अति चर्चित "ह्युमन फ्ल्याग" आसन, यसकारणले गर्दा, यो, खेल धेरै खेल प्रेमीहरुको चासो को विषय बनेको छ। सबैका लागि प्रशिक्षक- निकोलस वोङ २३ वर्षीय निकोलस वोङ करिब चार वर्ष अघि स्ट्रिट वर्काउट(सडक कसरत)संग परिचित भए। अहिले उनी कलेजको तेस्रो वर्षको विधार्थी हुनुका साथै, थोरै समय स्ट्रिट वर्काउट प्रशिक्षकका रुपमा पनि आबद्ध छन्। चार वर्ष अघि, उनी कुनै खेलकुदमा संलग्न थिएनन् र एकान्तमा बसेर भिडियो गेम खेल्न रुचाउने गर्थे। एकचोटी उनले स्ट्रिट वर्काउटको विषयमा सेरेण्डिपिटिको छोटो भिडियो हेरे, र सो खेलमा खेलाडीहरुले गरेको शारीरिक आसन देखेर मोहित भएर उनले नजिकैको पार्कमा गएर प्रयास गर्न थाले। त्यसपछि उनी यो खेलसंग प्रेममा परे र परिश्रमका साथ हरेक दिन प्रशिक्षण गर्दैछन्, फलत: एउटा "हारेको" व्यक्तिबाट स्ट्रिट वर्कआउटमा हङकङ विजेता भए। सन् २०१६ मा, उनले अन्तराष्ट्रिय प्रतियोगितामा हङकङको प्रतिनिधत्व पनि गरे, र स्ट्रिट वर्काउट विश्व कप सुपर फाइनलमा चौथो स्थान हासिल गरे। सबैका लागि खेलाडी- लेस्टर, रेमण्ड, भेरोनिका, मिसेल निकोलसको नजरमा, स्ट्रिट वर्काउटको लागि तीनवटा कुराहरु आवश्यक छन्: इच्छाशक्ति, इच्छाशक्ति, र इच्छाशक्ति! यस पटक हाम्रो समूहले विशेष रूपमा यस्ता व्यस्त शहरी कर्मचारीहरुलाई निमन्त्रणा गरेको छ जसको भित्र महिनौको तालिमबाट हुँदै, स्ट्रिट वर्काउटको प्राथमिक अभ्यासहरु सिक्ने इच्छाशक्ति छ। काम, घर र सामाजिक जीवनहरु आदिको दिनचर्या भरिने भएकाले यिनीहरुका लागि अभ्यासको लागि समय मिलाउन सजिलो छैन। के यिनीहरुले पूर्ण गर्न सक्लान् त हाम्रो निर्माता समूहले तोकेको अन्तिम परिक्षणको पथ: चारजना मिलेर एउटा सार्वजनिक स्थलमा तीन मिनेटको स्ट्रिट वर्काउट प्रदर्शनी। निकोलस वोङका पुरस्कार र सम्मानहरु : हङकङ स्ट्रिट वर्काउट च्याम्पियनशीप २०१५ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप स्टेज अफ ताइवान २०१५ विजेता हङकङ स्ट्रिट वर्काउट च्याम्पियनशिप २०१६ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप स्टेज अफ ताइवान २०१६ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप सुपर फाइनल २०१६ संसारभर चौथो हङकङ स्ट्रिट वर्काउट च्याम्पियनशिप २०१७ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप स्टेज अफ ताइवान २०१७ तेस्रो स्थान प्रसारण सुचना: 07-10-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 10-10-2019, बिहिवार, 0630-0700 11-10-2019, शुक्रबार, 1030-1100 街頭健身這項運動近年在全球迅速興起,它特別在於不需要花錢添置任何器材或購買任何會藉,也不受場地和時間限制,只需利用居所附近的公園設施,加上自身體重和使用不同器械便可鍛鍊身體各個部位,繼而擺出各種帥氣的高難度姿勢,例如「人旗」等標誌性動作,故愈來愈多運動愛好者對此趨之若騖。 全民教練:黃煒峰 現年23歲的黃煒峰(Nicholas)在4年前接觸街頭健身。他現在是一名專上學院學生,也是一名兼職街頭健身教練。4年前的他不愛運動,當時只愛深居簡出「打機」。一次機緣巧合下,他在網上看到街頭健身的短片,被其型格酷炫的動作深深吸引,便立即到附近的公園一試,自此便愛上這項運動並每日勤練,終於由一名「廢青」搖身一變成為香港街頭健身的冠軍。2016年,他更代表香港出國比賽,並於世界盃超級總決賽獲第四名。 全民運動員: Lester、Raymond、Veronica、Michelle 在黃煒峰眼中,街頭健身講求三件事:毅力、毅力和毅力!這次,節目製作組特地邀請了四位繁忙的都市上班族,讓他們接受為期數月的訓練,學習街頭健身的基本動作。四名上班族每天的時間都已被工作、家庭及社交生活等所佔據,要抽空做運動談何容易。他們又能否完成節目製作組所安排的終極測試:四人合力設計和公開演出一段三分鐘的街頭健身表演? 黃煒峰(Nicholas)的個人榮譽: 2015街頭健身錦標賽香港 冠軍 2015街頭健身世界盃台灣站 冠軍 2016街頭健身錦標賽香港 冠軍 2016街頭健身世界盃台灣站 冠軍 2016街頭健身世界盃超級總決賽 世界排名第四 2017街頭健身錦標賽香港 冠軍 2017街頭健身世界盃台灣站 季軍 播映日期: 07-10-2019, 星期一, 1730-1800 (重播) 10-10-2019, 星期四, 0630-0700 11-10-2019, 星期五, 1030-1100

      07/10/2019
    • 花式跳繩  / (Nepali) डोरी नाघ्ने/उफ्रिने

      花式跳繩 / (Nepali) डोरी नाघ्ने/उफ्रिने

      (Nepali) सारांश: रोप स्कीपिंग(डोरी उफ्रिने) खेल बच्चाहरुको खेल मात्र नभएर, परिवर्तनशील शैलीहरुका साथ शारीरिक क्षमता, एकाग्रता, सहनशीलता, शारीरिक समन्वय र आपसी सहकार्यमा जोड दिने खेल हो। एकल होस् वा सामुहिक, रोप स्कीपिंग हाम्रो मस्तिष्क र आँखाका लागि मनोरञ्जन प्रदान गर्ने खेल हो। सबैका लागि प्रशिक्षक: चेउङ पाक-हुङ, हङकङ रोप स्कीपिंग समूहका सदस्य चिउङ्ग हङकङ रोप स्कीपिंग समूहका सदस्य हुन्। उनी सन् २०१७को हङकङ एलिट रोप स्कीपिंग प्रतियोगिताका पुरुष तर्फाबाट विजेता हुन् र सन् २०१६को वर्ल्ड रोप स्कीपिंग प्रतियोगितामा पाँचौ स्थानमा थिए। चिउङ्ग बाल्यकाल देखि नै शान्त स्वभावका थिए, र फर्म ३ कक्षामा छँदा रोप स्कीपिंग खेलसंग परिचित भए। आफ्नो मेहेनत र सिपका कारण उनी हङकङ रोप स्कीपिंग समूहसंग आबद्ध भएको आधा वर्षमै अन्तराष्ट्रिय प्रतियोगिताहरुमा भाग लिन थाले। त्यहाँ देखि उनको जीवन खेलसंग आबद्ध रहेको छ। माध्यमिक विधालयमा छँदा, दैनिकी रोप स्कीपिंगको अभ्यासले उनको शैक्षिक उन्नतिमा बाधा भयो र झण्डै रोप स्कीपिंग छोड्नु पर्ने अवस्था समेत आएको थियो। तर, रोप स्कीपिंगका लागि उनको लगनका कारण, उनले पढाई र खेलकुदलाई संग-संगै लग्न सके। उनी अहिले विश्वविधालयको शिक्षा लिंदै छन् र आफ्नो रोप स्कीपिंगको शोखलाई पेशागत रुपमा अगाडी बढाउने सोचले, आफ्नै रोप स्कीपिंग कम्पनी पनि खोलेका छन्। सबैका लागि खेलाडी: प्राथमिक ६ कक्षाका १० जना विधार्थीहरु हङकङ फेडेरेशन अफ युथ ग्रुप्स ली शाउ कि प्राथमिक विधालयमा अध्ययनरत कक्षा ६ का दशजना विधार्थीहरु र हरेकको आफ्नै ताकत र कमजोरीहरु छन्। कोहिको हात र खुट्टाबीच समन्वय नहोला त कसैको बुझ्ने क्षमता राम्रो नहोला। साथै, यो खेल यो खेलसंग उनीहरुको परिचय शारीरिक शिक्षाको पाठहरुमा मात्र भयो, तर यसपाली हाम्रो 'सबैका लागि प्रशिक्षक' द्वारा तालिम प्राप्त गरि उनीहरुले विभिन्न चुनौतीहरुको सामना गर्नु पर्ने छ। प्रथमत: उनीहरुले आफ्नो व्यक्तिगत गतिलाई चुनौती दिंदै ३० सेकेण्ड अल्टरनेट फुट जम्प र ३० सेकेन्ड क्रिस-क्रस गर्नुपर्ने छ। र अन्तिममा ति दश विधार्थीहरु प्रद्रशन कप प्रतियोगितामा सहभागी हुने छन्, जहाँ ति दश विधार्थीहरुले ४-मिनेट लामो सामुहिक प्रदर्शनी दिनुपर्ने छ। प्रसारण सुचना: 30-09-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 03-10-2019, बिहिवार, 0630-0700 04-10-2019, शुक्रबार, 1030-1100 跳繩不單是小朋友的玩意,更是一項千變萬化,講求體力、專注力、持久力、身體協調能力,以及整體合作等的運動項目。無論是個人表演或團體合作演出,花式跳繩都是一項賞心悅目的運動。 全民教練:香港跳繩代表隊隊員張柏鴻 張柏鴻是香港跳繩代表隊隊員。他是全港精英跳繩比賽2017暨香港代表隊選拔賽男子個人賽總冠軍;亦在2016世界跳繩錦標賽男子個人賽排名第五。 張柏鴻自幼比較文靜,中三才接觸花式跳繩,憑着天資加上努力,在短短半年間已可入選香港代表隊參加國際賽事,從此便與跳繩結下不解緣。他中學時曾因每天練習跳繩而一度令學習成績下滑,更差點被迫要放棄跳繩。不過,憑着他對跳繩的熱愛,最終都能兼顧運動與學業,報讀大學課程並自組跳繩公司,希望把愛好發展為事業。 全民運動員:十位小學六年級學生 十位來自香港青年協會李兆基小學的小六學生,他們每位的長處與短處都有不同,有些可能手腳協調能力較弱,有些或許理解能力未夠強。他們都只是在平常的體育課初步接觸過花式跳繩,但是今次就要接受全民教練的訓練,迎接各種挑戰。 首先他們要接受個人速度的挑戰,分別是30秒單車步速度跳,以及30秒交叉開速度跳。終極挑戰則是參加一項表演杯賽,十位同學一同完成4分鐘的團體表演。 播映日期: 30-09-2019, 星期一, 1730-1800 (重播) 03-10-2019, 星期四, 0630-0700 04-10-2019, 星期五, 1030-1100

      30/09/2019
    • 運動攀登 / (Nepali) खेलकुद चढाई

      運動攀登 / (Nepali) खेलकुद चढाई

      (Nepali) सारांश: चढाई गर्ने खेलहरुमा बोल्डरिङ्ग, लिड क्लाइम्बिङ्ग र स्पिड क्लाइम्बिङ्ग पर्छन्। बहादुरी र शारीरिक समन्वय चाहिने यो खेलले शारीरिक र बौद्धिक क्षमताहरुको परिक्षण गर्दछ। चढाईका शोख भएकाहरुले विभिन्न मार्गहरु सफलताका साथ आरोहण गरेर हर्षित हुन्छन्। प्राकृतिक र बनाइएको भित्ता र बोल्डरिङ्ग गर्ने जिमखानाहरुमा हामी म्याग्नेसियम पाउडर चक देख्न सक्छौं, जुन आरोहीहरुले चिप्लिनबाट जोगिनका लागि प्रयोग गर्दछन्। हङकङका आरोहण गर्ने खेलाडीहरुका लागि, एउटा अद्वितीय आरोहण गर्ने समारोह हुने गर्दछ -- छेङ छाउमा हुने बार्षिक बन स्क्र्याम्ब्लिंग प्रतियोगिता । आरोहणको खेलमा एक एक पाइला गर्दै माथि पुग्नु पर्ने हुन्छ, तर शुरुवातमा हात छोड्न र खस्न पनि सिक्नु पर्ने हुन्छ। चढ्दै जाँदा, आरोहीले चढाई गर्ने भित्ता संग आफ्नो शरीरको तौल मिलाउदै ढुंगा र चट्टानहरुलाई च्याप्प समात्नु पर्छ। तर, ब्रेकको बेला खेलाडीले भित्ता समाउन छोडेर डोरीमा झुण्डिएर बस्नु पर्ने हुन्छ। बोल्डरिङ्ग खेल, जसमा भित्ताको उचाइ ६ मिटर वा कम हुन्छ, खेलाडीहरुको हात फुस्किएको खण्डमा सिधा तल बिच्छ्याइएको गद्दामा आएर खस्छन् किनभने यो खेलमा डोरी बाँधिएको हुदैन। आरोहण गर्नको लागि चाहिने एउटा मात्र कुरा भनेको खस्ने डर माथि विजय प्राप्त गर्नु हो। एउटा आरोहीले विष्फोटकताका साथ माथि चढ्नु अघि बाटोलाई राम्रोसंग हेर्नुपर्छ र आफ्नो हातखुट्टालाई कसरी खटाउने हो भनेर हेर्नुपर्छ। अभ्यास गरिरहने हो भने प्रगति पक्कै पनि हुन्छ। शुरुमा हेर्दा असम्भव जस्तो लाग्ने मार्ग सफलताका साथ आरोहण गर्दा अकल्पनीय आनन्द मिल्दछ। सबैका लागि प्रशिक्षक - वोंग का- यान वोंग का-यान छेङ छाउमा हुने बन स्क्र्याम्बलिंग प्रतियोगितामा पाँच पटक बनहरुको रानी बनिसकेकी छिन्। कक्षा पाँच पछि आफ्नो प्रेमी र विधालय जीवन गुमाएकी का-यानले सामुदायिक केन्द्रमा एउटा ऐच्छिक कक्षा लिईन्। उनले रक क्लाइम्बिङ्ग रोजिन् किनकि उनलाई आफ्नो उचाई संगको डर हटाएर आफ्नो साहसको विकास गर्नु थियो, र त्यहीं देखि उनलाई आरोहणसंग प्रेम भयो। का-यान यस शहरको पहिलो बरफ आरोही पनि हुन् र रुख चढ्ने प्रतियोगितामा थुप्रै पुरस्कार जितेकी छिन् - उनलाई हरेक किसिमको आरोहण गर्ने खेल मनपर्छ। सन् २०१६ मा राष्ट्रिय एलिट न्याचुरल रक क्लाइम्बिङ्ग प्रतियोगिता अन्तर्गत महिला लिड एण्ड स्पिड वर्गमा उनले प्रथम स्थान जितिन्, सन् २०१७ मा भएको हङकङ बोल्डरिङ्ग च्याम्पियन्शिप्सको महिला खुल्ला वर्गमा चौथो स्थान हात पारिन् (हङकङका प्रतिनिधिहरुले प्राप्त गरेको मध्ये सबैभन्दा उत्कृष्ट) र सन् २०१६को हङकङ स्पिड क्लाइम्बिङ्ग प्रतियोगिताको महिला खुल्ला वर्गमा दोस्रो स्थान हात पारिन्। सबैका लागि खेलाडी - चबि हे, स्कीनी हो र जिकी ह्यारी प्रसारण सुचना: 23-09-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 26-09-2019, बिहिवार, 0630-0700 27-09-2019, शुक्रबार, 1030-1100 運動攀登的比賽項目包括抱石、難度賽、速度賽,比賽時鬥智鬥力,是一項講求膽色及身體協調的運動。攀登愛好者以征服不同的線路為樂,無論天然的攀石場、人工高場、或者抱石場都會見到攀爬者防滑用的白色鎂粉。對於香港的攀爬運動員,尚有一項獨有的盛事,就是一年一度的長洲搶包山。 攀石看似是一步步向上攀的過程,但對於初學者而言,首要學習放手、下墜。攀爬時要習慣置身牆上的高度、捉緊石頭,但中途休息時要放開雙手雙腳離開石牆,單靠安全繩半吊空中。即使抱石只限六米以下的高度,但沒有安全繩,攀爬者失手就會直接跌到軟墊上,只有克服怕跌才可以繼續。 攀爬要透過觀察路線,用想像力使用身體的四肢,再爆發體能攀上去,但只要堅持練習就一定會有進步。每一次征服看似不可能的路線,都會為攀爬者帶來無限的滿足感。 全民教練–黃嘉欣 五屆長洲搶包山包后,中五畢業後失戀失學,便到社區中心隨意參加興趣班,因為想訓練膽色、克服畏高,就參加攀石班,從此愛上攀爬,更是香港首位攀冰運動員,攀樹亦多次得獎,總之無攀不歡。她曾奪得2016全國自然岩壁精英賽-女子難度速度冠軍、香港抱石錦標賽2017女子公開組第四(香港代表最佳成績)、香港速度攀登賽2016女子公開組亞軍 全民運動員–肥仔呀熙、瘦弱豪爺、毒男Harry 三位學員一直都對攀石有興趣,卻苦無朋友相伴,今次一接觸就要接受數個月訓練、三個挑戰。 呀熙身重二百多磅,攀石每一步都要承受自己的體重,而且肚腩會阻礙攀爬,不中途放棄已經「算贏」;豪爺的大髀不及呀熙手臂粗,雖然平日有打排球,但身無半兩肉如何應付十幾米的石牆?毒男Harry十分畏高,除了邊攀邊震,還總是用錯力緊貼牆身,攀石最終能否展現他英勇的一面? 攀石運動員以大山作為背景,登上頂峰,氣勢一時無兩,但三位學員外表上卻顯得格格不入,對三位肥、瘦、毒的學員,這是一個不能的任務。 播映日期: 23-09-2019, 星期一, 1730-1800 (重播) 26-09-2019, 星期四, 0630-0700 27-09-2019, 星期五, 1030-1100

      23/09/2019
    • 籃球 / (Nepali) बास्केटबल

      籃球 / (Nepali) बास्केटबल

      (Nepali) सारांश बास्केटबल हङकङमा प्रचलित खेल हो, जसमा शारीरिक ताकत, गति, सहकार्य, सिप र उचाई एकीकृत हुन्छ। हङकङमा ३-अन-३ हाफ-कोर्ट बास्केटबल सामान्यतया बाहिर बास्केटबलको मैदानमा खेलिन्छ, जसले खेलाडीहरुलाई आफ्नो व्यक्तिगत सिप प्रस्तुत गर्ने मौका दिन्छ। तथापि, आधिकारिक ५-अन-५ फुल-कोर्ट खेलको लागि व्यक्तिगत सिप भन्दा बढि पनि केहि चाहिन्छ। यसले खेलाडीहरुको शारीरिक क्षमता, सहकार्यका साथै खेलको रणनीतिको समेत परिक्षण गर्दछ। सबैका लागि प्रशिक्षक- लि का-यिउ लि का-यिउ हङकङको ए-१ डिभिजनका पेशेवर बास्केटबल खेलाडी थिए, र उनी हङकङ बास्केटबल समूहको समेत सदस्य रहिसकेका छन्। ६ फुट १ इन्च उचाइ रहेका, उनले चौथो स्थानमा रहेर खेल्ने गर्थे, र पावर फरवार्डमा खेल्ने सबैभन्दा होंचो खेलाडी भनेर पनि चिनिन्थे। लि का-यिउ बास्केटबल प्रेमी हुन्, र अवकाश पछि बास्केटबल प्रशिक्षक बनेका छन्। बास्केटबल खेलको सम्पदालाई अगाडी बढाउने क्रमलाई निरन्तरता दिनको लागि उनी एस सी ए ए बास्केटबल टिमको ए-१ डिभिजनका सहायक प्रशिक्षक बनेका छन्। उनको अनुसार लगन र निरन्तर तालिमले, हरेकले आफ्ना प्राकृतिक शारीरिक कमजोरीहरु माथि विजय प्राप्त गरेर अरु खेलाडीहरुको तुलनामा आउन सक्छन्। सबैका लागि खेलाडी- किरिन समूह किरिन समूह १२ देखि १७ वर्षका सदस्यहरु रहेको एउटा बास्केटबल समूह हो जुन करिब एक वर्ष पहिले सामाजिक कार्यकर्ताहरुको मद्दतबाट स्थापित भएको थियो। अरु माध्यमिक विधालयको बास्केटबल समूह भन्दा भिन्न, किरिन समूहले सदस्य छनोट गर्न न विशिष्ट शारिक बनावट हेर्छ, न त नियमित तालिम नै गर्छ, किनभने यो समूहको स्थापनाको उदेश्य बास्केटबलको रमाइलोमा रम्दै आफ्नो आत्मबल, विश्वास र अनुसाशनको विकास गर्नु थियो। साथै, स्रोतको अभावका कारण यस समूहले कुनै पेशेवर तालिम समेत लिएको छैन। हरेक ढंगबाट यस समूहको प्रदर्शनी तल्लो भए तापनि, उनीहरु हरेक चुनौतीको सामना गर्छन् र विभिन्न प्रतियोगिताहरुमा अग्रसर भएर हिस्सा लिने गर्छन्। राम्रो तालिम प्राप्त गरेर उनीहरु "सजिलो टोली" को उपमाबाट मुक्त हुन चाहन्छन्। यो शृंखलामा, ला का-यिउले किरिन समूहलाई ६ महिनाको अवधिमा प्रशिक्षण गर्दछन्, ता कि सदस्यहरुले आफ्नो व्यक्तिगत सीप र शारीरिक क्षमता, र सहकार्यको विकास गर्दै, लगन र मेहेनत भए "सबैका लागि खेलकुद" भन्ने सन्देशको प्रमाण दिनेछन्। किरिन समूहको हरेक सदस्यको परिक्षण हुनुका साथै उनीहरुले दिईएको समयमा बल पास गर्ने, ले-अप शट र शुटिङ्ग पूर्ण गर्नुपर्ने छ, जसको लक्ष्य किरिन समूहको हरेक पक्षको विकास हो। उनीहरुले मिडिएटर समूहबाट अन्तिम चुनौती स्विकार्नु पर्ने छ। हाम्रा संचालक नङ का-हिमको साथ मिडिएटर समूहले एक अर्कासंग बास्केटबलको सीप सिक्ने वातावरण बनाई मैत्रीभावको स्थापना गर्छ। प्रसारण सुचना: 16-09-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 19-09-2019, बिहिवार, 0630-0700 20-09-2019, शुक्रबार, 1030-1100 全民動起來-籃球 籃球這項運動在香港十分流行,是一項綜合體力、速度、合作、技術及身高的運動。香港的室外運動場,一般用作進行3對3的半場比賽,讓球員更能發揮個人技術。不過,正規的5對5全場比賽所要求的卻不只是個人技術,對球員的體能、團隊合作,以至戰術及策略也有很高要求。 全民教練-李嘉耀 李嘉耀,曾是香港甲一組的職業籃球員,亦曾擔任香港籃球代表隊成員。他以6呎1吋的身高,擔任4號的位置,被諷刺為最矮的大前鋒。李嘉耀熱愛籃球,退役後晉身籃球教練,堅持把籃球運動傳承下去,現在更是甲一籃球隊南華隊的助教。他相信,只要透過堅持和刻苦的訓練,每個人都可以克服先天的不足,與其他球員一較高下。 全民運動員-麒麟隊 麒麟隊是一隊由社工協助成立,成軍只有一年多的青年球隊,成員介乎12至17歲。與一般中學校隊不同,球隊沒有刻意挑選體形優秀的人來擔任球員,也沒有定時訓練,球隊成立旨在隊員能夠享受打籃球的樂趣、提升成員的自尊、自信及紀律。另外,麒麟隊因受資源所限,所以沒有接受專業的訓練。雖然球隊在各方面都稍遜一籌,但仍然屢敗屢戰,積極參加各項比賽。他們希望透過專業訓練,不再做「魚腩部隊」。 在本集中,李嘉耀教練會花半年時間指導和訓練麒麟隊,讓球員提升個人技巧、體能和促進團隊合作,證明只要有決心,人人都可以「全民動起來」。麒麟隊的成員需要接受測試,並在指定時間內完成傳球、走籃和射籃,以期在各方面都得到顯著改善。他們更要接受終極挑戰,與喜歡以波會友的傳媒籃球隊,即主持伍家謙也參與其中的Mediator作賽,切磋球技。 播映日期: 16-09-2019, 星期一, 1730-1800 (重播) 19-09-2019, 星期四, 0630-0700 20-09-2019, 星期五, 1030-1100

      16/09/2019
    • 花式足球 II / (Nepali) फ्रीस्टाइल फुटबल II

      花式足球 II / (Nepali) फ्रीस्टाइल फुटबल II

      (Nepali) सारांश: प्रशिक्षक/ फ्रीस्टाइल फुटबल खेलाडी लाइसन सेजले पुरै जोडतोडका साथ यी तीन शिक्षकहरुलाई पाँचवटा प्राथमिक चालहरु सिकाउने छन् जसको अन्तरालमा उनीहरुले समय र पसिनाको मुल्यमा खुसी र व्याकुलता अनुभाव गर्नेछन्। हप्तौंको तालिम पश्चात, यी तीन शिक्षकहरुले एउटा कठिन चुनौतीको सामना गर्नेछन् : सडकमा प्रदर्शन । लाइसनका लागि, साइ युङ्ग चोइ स्ट्रिट साउथ त्यो ठाउँ थियो जसले उनलाई एउटा सन्तुलित सडक मनोरञ्जकको रुपमा स्थापित गर्यो र उनलाई दर्शकसंग अन्तरक्रियाको महत्वबारे पनि सिकायो। के व्यायाम शिक्षकहरु : पुइ, के , र सामुएल, जो फ्रीस्टाइल फुटबलका यस्ता सिकारुहरु हुन् जसले सार्वजनिक स्थलमा कहिल्यै प्रदर्शन गरेका छैनन्, आफ्नो मेहेनतले सिकेको कौशलताहरु यो व्यस्त सडकमा देखाउन सक्लान्? सडक प्रदर्शनीको बाहेक, यी व्यायामका शिक्षकहरुले एउटा अन्तिम चरणको चुनौतीको सामना गर्नेछन् जसमा हरेक शिक्षकले आ-आफ्नो प्राथमिक विधालयको तीनजना विधार्थीहरु संग मिलेर अवरोधले भरिएको फुटबलको पथ पार गर्नुपर्ने छ। लाइसनद्वारा निकै सोचबिचार गरेर बनाइएको यस पथमा, यी शिक्षकहरुले आफ्ना विधार्थीहरुलाई विभिन्न प्रकारका अवरोधहरु मिलेर पार गर्न तालिम दिनेछन्। यो चुनौतीले सदस्यहरुको कौशलताको जाँच मात्र नभएर, शिक्षकहरु र विधार्थीहरु बीचको सम्बन्धको समेत परिक्षण गर्नेछ। व्यायामको शिक्षकहरु भएको नाताले, के उनीहरुले आफुले सिकेका नयाँ कौशलताहरु विधार्थीहरुलाई सिकाएर, आपसी साझेदारीबाट ज्ञान आदान-प्रदानको नमुना प्रस्तुत गर्न सक्लान? प्रसारण सुचना: 09-09-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 12-09-2019, बिहिवार, 0630-0700 13-09-2019, शुक्रबार, 1030-1100 教練兼花式足球員施寶盛,盡力教會三名體育老師這五項基本招式,他們更在過程中體會到汗水與時間所換來的喜與憂。經過幾個星期的訓練,三位老師將會面對一項艱鉅的挑戰:街頭表演。對施寶盛而言,旺角西洋菜南街把他培育為一位鎮定自若的街頭表演者,也教會他與觀眾互動的重要。體育老師阿培、Kay與Samuel這三位從未公開表演過的花式足球新丁,能否在熙來攘往的街頭發揮苦學得來的技巧呢? 除了街頭表演,體育老師亦會面對一項終極挑戰,就是各自帶領三名小學生挑戰花式足球障礙賽。在施寶盛精心設計的賽道上,老師們要訓練自己的學生與他們一起跨過重重障礙。這項挑戰不但講求成員的技巧,更考驗師生間的默契。身為體育老師,他們又能否把剛剛學會的招式順利傳授學生,從而體現教學相長的道理呢? 播映日期: 09-09-2019, 星期一, 1730-1800 (重播) 12-09-2019, 星期四, 0630-0700 13-09-2019, 星期五, 1030-1100

      09/09/2019
    • 花式足球 I / (Nepali) फ्रीस्टाइल फुटबल I

      花式足球 I / (Nepali) फ्रीस्टाइल फुटबल I

      (Nepali) सारांश: फुटबल भनेको दुई समूहको विजयको लागि भिडन्त मात्र होईन, तर खेलाडीहरुको विभिन्न प्रतिभा देखाउने मौका पनि हो। फ़्रिस्टाल फुटबल, जसमा शरीरको विभिन्न अंगको प्रायोग गरी भकुण्डोलाई नियन्त्रण गरिन्छ, दर्शकहरुको लागि मनोरञ्जक खेल हो। सबैका लागि प्रशिक्षक: फ़्रिस्टाल फुटबल खेलाडी लाइसन सेज लाइसन माद्यामिक तीनमा पढ्दा पहिलो पटक फुटबल खेलेका थिए। वान चाइ युथ फुटबल समूहको पुर्व खेलाडी रहेका लाइसन "बल हग" को नामले जानिने गर्थे। फुटबल खेलमा हुने खुट्टाको चाल र बल खेलाउने कलाबाट मन्त्रमुग्ध थिए, र जित र गोलको खासै मतलब गर्दैन थिए। पछि गएर लाइसनले फ्रीस्टाइल फुटबलमा कडा तालिम लिन सुरु गरे, यो सहरमा बसेर आफुलाई यस अपरंपरागत किसिमको फुटबल यात्रामा समर्पित गरे। सन् २०१० मा लाइसन हङकङ फ्रीस्टाइल फुटबल प्रतियोगिताका विजयी बने। सन् २०१४ मा, शाङ्घाइमा सम्पन्न भएको फ्रीस्टाइल फुटबल वर्ल्ड कपमा पहिलो स्थान हासिल गरी, उक्त प्रतियोगिताको अन्तिम चरणमा पुग्ने पहिलो चिनिया समेत बने। सन् २०१५ मा सम्पन्न भएको चाइना फ़्रिस्टाल फुटबल च्याम्पियनसिपमा पनि दोस्रो स्थान हासिल गरे। एक पछि अर्को पुरस्कारहरु हासिल गरेता पनि लाइसनले फुल-टाइम प्रो फ्रीस्टाइल फुटबलरको रुपमा आफुलाई स्थापित गर्न थुप्रै कठिनाइहरु पार गर्नु पर्यो। खेलाडी सबैको लागि: शारिरीक शिक्षा प्रशिक्षकहरू पूई, के, र सामुएल शारीरिक व्यायामका प्रशिक्षकहरु आशा गर्दछन् कि विधार्थीहरु शारीरिक व्यायामका कक्षाका लागि उत्सुक छन्। सिकाइएको खेलमा विधार्थीहरु इच्छुक छन् भने सिकाउने र सिक्ने कार्य अझ बडी प्रभावकारी हुन्छ। फ्रीस्टाइल फुटबल थुप्रै विधार्थीहरुको रुचिको विषय रहेको देखिन्छ। तसर्थ, यो मनोरञ्जक खेललाई विधार्थीहरु माझ परिचित गर्नको लागि, तीनवटा माध्यमिक विधालयका तीनजना शारीरिक व्यायामका शिक्षकहरुले फ्रीस्टाइल फुटबल तालिममा भाग लिनेछन्, धाराप्रवाह र सुरुचिपूर्ण चालहरु बनाउन सिक्नेछन् ताकी "खेलाडी र भकुण्डो एकै" अवस्था प्राप्त गर्नेछन्। लाइसन सेजबाट निर्देशन पाइसके पछि, ति तीन शारिरीक शिक्षा प्रशिक्षकहरुले फ्रीस्टाइल फुटबलको दुनियामा कदम चाल्नेछन् र पांचवटा सरल चालहरु सिक्नेछन्, जो हुन् — नेक स्टल, पुस अप, क्रसओभर, अराउण्ड द वर्ल्ड र ब्लाकिंग। तथापी, लाइसनको यी क्रिडामा रहेको उत्तम कौशलसंगै उनीहरुले यी क्रिडामा रहेका कठिनाइको पनि सामना गर्नुपर्छ। उनीहरुले आ-आफ्नो गार्हो शिक्षण तालिकाहरु पछि पनि प्रशिक्षण लिनु पर्छ। के उनीहरु प्रयास गरेर यी पाँच क्रिडा सिक्न सक्छन्? प्रसारण सुचना: 02-09-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 05-09-2019, बिहिवार, 0630-0700 06-09-2019, शुक्रबार, 1030-1100 足球除了讓兩支隊伍在球場上力爭勝利,也讓球員有機會表演千變萬化的花式。花式足球這門運動,就是運用身體各部分做出高難度控球動作,更是一項觀賞性極高的體育項目。 全民教練:花式足球員施寶盛 施寶盛在中三時開始接觸足球,曾經是灣仔青少年足球隊成員,在隊中以「獨食」見稱。他醉心於秀麗的腳法與一套又一套的花式,對整支球隊的輸贏和分數反而興趣不 作為體育老師,當然希望同學會興致勃勃地上課,假如同學能對某些項目提起興趣,教學更會得心應手,花式足球這個項目,正正符合以上要求,三位來自不同小學的體育大。後來,施寶盛開始苦練花式足球,決意在香港走出一條不一樣的足球路。 2010年,施寶盛奪得全港花式控球挑戰賽冠軍;2014年,他於花式足球世界盃上海站贏得冠軍,成為首位晉身比賽總決賽的華人;2015年,他更勇奪全國花式足球錦標賽亞軍。雖然施寶盛屢獲殊榮,但其實這些年來,他也經歷了各種困難,才能奠定香港首位全職花式足球員的地位。 全民運動員:體育老師阿培、Kay、Samuel 作為體育老師,當然希望同學能興致勃勃地上體育課。假如同學對所學的體育項目感興趣,教學便會事半功倍。而花式足球正是許多同學感興趣的項目,所以三位來自不同小學的體育老師也希望向學生介紹這項趣味無窮的運動,於是便參與是次花式足球訓練,以求學得「人球合一」的流麗技巧,亦希望有機會將此具趣味的項目介紹給同學,於是參與是次花式足球訓練。 三位體育老師經施寶盛悉心教導後,踏進了花式足球的世界,並開始學習五項基本招式,包括:Neck Stall、Push Up、Crossover、Around The World及Blocking。不過,正當他們沉醉於施寶盛精湛的球技時,同樣也感受到這些招式有多深奧與困難。在忙碌的教學工作後,老師們仍要進行密集的訓練,到底他們的努力能否令他們通過五項基本招式的考核呢? 播映日期: 02-09-2019, 星期一, 1730-1800 (重播) 05-09-2019, 星期四, 0630-0700 06-09-2019, 星期五, 1030-1100

      02/09/2019
    • 挑戰 / (Nepali) चुनौती (भाग १)

      挑戰 / (Nepali) चुनौती (भाग १)

      (Nepali) सारांश: खेलकुद भनेको शारीरिक व्यायाम मात्र नभएर व्यक्तिगत चुनौती पनि हो। ६० वर्ष नाघिसकेका प्रौढहरुका लागि तालमेल मिलाईएको पौडी सिक्नु भनेको आफ्नो उमेरसंग चुनौती हो; दृष्टि-विहिनहरुले डुंगा चलाउन(क्यानो र ड्रागन बोट) सिक्नु भनेको आफ्नो शारीरिक असमर्थता संग चुनौती हो; कोठा भित्रै बस्न रुचाउनेहरुका लागि पहाड-चढ्ने खेल उनीहरुको व्यक्तित्वलाई चुनौती हो; र कार्यालयमा संलग्न व्यक्तिहरुका लागि सडकमा हुने शारीरिक क्रियाकलाप भनेको समय संग चुनौती हो। विभिन्न किसिमका चुनौतीहरुले जीवनको हरेक पाइलामा रहेका व्यक्तिहरुलाई खेलाडी बन्न आकर्षित गर्छन् र उनीहरुले कहिले अनुभव नगरेका खेलकुदहरु अनुभवी प्रशिक्षकको सहयोगले केहि महिना देखि आधि वर्षमा सिक्छन्। पहिलो भागमा, हामीले दर्शकलाई कार्यक्रमको पहिलो झल्को दिनेछौं जहाँ हामीले विभिन्न खेलकुद र चुनौतीहरुका परिचय दिनुका साथै, प्रशिक्षक र खेलाडीहरुको लगन र दृढता पनि दर्शक सामु प्रस्तुत गर्नेछौं। यसका साथै, चर्चित व्यक्तित्वहरुको एक समूहले कार्यक्रमको ढांचा अनुसार र आफुले कहिल्यै नखेलेका विभिन्न खेलकुदमा समावेश हुनेछन्। रेक्स सो X सडकमा व्यायाम रेक्स सो, “द वोंडर बोय” को प्रमुख लगाव बक्सिंगमा रहेपनि, उनलाई अरु खेलकुद प्रति पनि रुची छ। सडक व्यायाममा पहिलो प्रयास गर्दै, उनले बार डान्स र मानव झण्डा जस्ता कठिन कार्यहरु गर्न पनि आफुलाई चुनौती दिनेछन्। उनको प्रस्तुति कस्तो होला त? स्टेफनी औ X रोलर स्केटिङ स्टेफ्नी औ, “मर्मेड”, हंगकंगमा भएका विभिन्न पौडीका खेलहरुमा रेकर्ड बनाइसकेका व्यतित्व हुन्, तर उनी भन्छिन् कि उनलाई भूमिमा खेलिने खेलहरु प्रति खासै रुची छैन। उनले पहिलो पटक रोलर स्केटिंग गर्ने प्रयत्न गर्नेछिन्, र उनी प्रत्याशित लड्ने भन्दा पनि धेरै लड्न तयार छिन्। के यो उनले सोचेको जस्तै होला त? अकिना फोङ र ग्रेगोरी चार्ल्स रिभर्स X एयरसफ्ट प्राक्टिकल सुटिङ अकिना फोंग र ग्रेगोरी चार्ल्स रिभर्स धेरै वर्षदेखि एक अर्कासंग परिचित छन्, तर हाम्रो आश्चर्यका साथ्, उनीहरु एयरसफ्ट प्राक्टिकल शुटिङमा एक अर्का संग टक्कर गर्नेछन्। यो पुरुषको खेलमा ग्रेगोरी माथी होलान् या संधै सन्तुलित रहने अकिना? पाको चाउ र किरिन समूह X बास्केटबल किरिन समूह बास्केटबल रुचाउने युवाहरुको समूह हो जसले मेडिएटर्स, जुन एउटा बलियो टोली हो, संग प्रतिस्पर्धा गर्नुपर्ने छ। यस्तो महत्वपुर्ण चुनौतीको सामना गर्न, किरिन समुहलाई प्रोत्साहन गर्न पाको चाउ जो हङकङ बास्केटबल संघमा आबद्ध हुनुहुन्थ्यो, आफ्नो अनुभव बाँड्नुहुनेछ। बास्केटबलका पुजारी, पाको चाउले यी युवा खेलाडीहरुलाई के भन्लान्? प्रसारण सुचना: 26-08-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 29-08-2019, बिहिवार, 0630-0700 30-08-2019, शुक्रबार, 1030-1100 體育不僅限於做運動,也是一種自我挑戰。 年逾六十的長者學習韻律泳,是對年齡的挑戰; 視障人士學習划龍舟及獨木舟,是對身體缺陷的挑戰; 宅男學習攀石,是對個性的挑戰; 上班族學習街頭健身,則是對時間的挑戰。 種種挑戰吸引各界人士成為「全民運動員,並讓他們在幾個月至半年間,隨經驗豐富的「全民教練」,學習從未接觸過的運動。在第一集中,我們讓觀眾先睹為快,當中不但介紹各項運動與挑戰,也讓大家見證教練及運動員的熱情與鬥志。 此外,一眾名人亦響應節目號召,挑戰從未接觸過的運動。 曹星如 X 街頭健身 神奇小子曹星如雖然醉心拳擊運動,但對其他運動也感興趣。他會首次嘗試街頭健身,並挑戰Bar Dance及人旗等高難度動作,到底他的表現會如何呢? 歐鎧淳 X滾軸溜冰 美人魚歐鎧淳是香港多項游泳紀錄的保持者,卻坦言不喜歡陸上運動。她將會首次挑戰滾軸溜冰,並已做好心理準備,預計將會多次跌到,結果又是否會如她所料呢? 方健儀&河國榮 X氣槍實用射擊 方健儀與河國榮相識多年,今次竟然互相挑戰,以氣槍實用射擊一較高下!這項男性化的運動是否會讓河國榮佔盡上風,還是一向處變不驚的方健儀較為有利? 周柏豪&麒麟隊 X 籃球 麒麟隊是由年輕且熱愛籃球的運動員組成,他們將要和一隊實力較強的球隊Mediators作賽。面對如此艱鉅的挑戰,曾參加香港籃球青年軍的周柏豪將親自與麒麟隊交流經驗,希望藉此鼓舞他們!熱愛籃球的周柏豪又有什麼要向年輕人說呢? 播映日期: 26-08-2019, 星期一, 1730-1800 (重播) 29-08-2019, 星期四, 0630-0700 30-07-2019, 星期五, 1030-1100

      26/08/2019