X

熱門

    內容

    CONTENT
    04/11/2019

    (Nepali) सारंश एयरसफ्ट IPSC (IPSC) यस्तो खेल हो जसमा गति र सटिकताको आवश्यकता हुन्छ। प्रतियोगिताको हरेक राउण्डमा शुटरहरुले छोटो समयमा सकेसम्म धेरै अंक ल्याउनु पर्ने हुन्छ। यस खेलमा केहि सेकेन्डमै जित र हारको फैसला हुन्छ। शुटरले बन्दुक कति छिटो निकाला सक्छ, शारीरिक प्रतिक्रिया, अंगहरुको समन्वय र स्मरण शक्ति जस्ता कुराले यस खेलमा प्रमुख भूमिका खेल्दछ। यो खेल युद्धको खेल भन्दा फरक हुन्छ, जहाँ खेलाडीहरु युद्धमा जस्तै लड्छन्। यस खेलमा शुटरहरुले मानिस वा जनावरमाथि आक्रमण गर्दैनन्, खाली कागज र धातुले बनेका बोर्डहरुमा मात्रै गर्दछन्। यस खेलले अनुशासन र सुरक्षाको महत्वमा विशेष महत्व दिन्छ, साथै शुटिङ्गमा सकारात्मक मानसिकताको विकासमा समेत जोड दिन्छ। सबैका लागि प्रशिक्षक: विलियम वु, IPSC प्रशिक्षक विलियम वु, जो "सर माचो"का नामले पनि जानिन्छन्, ले सन् १९९९ देखि IPSC सिक्न शुरु गरेर शहरमा यस खेलका प्रवर्तक व्यक्ति बनेका थिए। सन् २००८मा उनलाई हंगकंग एयरसफ्ट प्र्याक्टिकल शुटिङ्ग संघले शुटर अफ द यर (वर्षका उत्कृष्ट शुटर) को उपाधि दिएको थियो। सन् २००९ मा वु ले एच के शुटर्स नामक संस्थाको स्थापना गरेर त्यसको उपाध्यक्ष बनेका थिए। सन् २००९ देखि २०११ सम्म, उनले त्यस स्थानको IPSC प्रशिक्षकहरुको समन्वयकर्ता भएका थिए। सन् २०११ देखि २०१३ सम्म उनी हंगकंग ओपन एयरसफ्ट शुटीङ्ग प्रतियोगिता(हंगकंग ओपन)को प्रमुख संयोजक रहेका थिए। स्थानिय IPSC को जगतमा वु एक विशिष्ट व्यक्ति रहँदै आएका छन्। सबैका लागि खेलाडी: हेलेन, चकलेट, सार्लिन बन्दुक एउटा पुरुष छवि भएको वस्तु हो, तर यो भागमा हामी तीन जना महिलाहरुलाई यो चुनौती स्वीकार गर्न निमन्त्रण दिनेछौं! टेबलमा खेलिने खेलहरुको प्रशिक्षक हुनुका साथै, हेलेन कम्प्युटरमा खेलिने खेलहरुमा समेत निकै अब्बल छिन्। कम्प्युटर गेमहरुको प्रतियोगिताका कारण उनी शुटिङ्ग खेलमा चाहिने चालहरुसंग राम्ररी परिचित छिन्, र आफ्नो लक्ष्य सम्म पुग्ने अठोट राख्छिन्। सामाजिक कार्यकर्ता चकलेट नाटकमा सक्रिय छिन्, र पौडी, वाटर-स्कींग र हाइकिङ्गमा पनि अब्बल छिन्। उनले यो चुनौतीमा आफ्नो पुरा प्रयास लगाउने छिन्। स्वभावले शान्त र सुशील देखिने सार्लिन वास्तवमा एक खेल प्रेमी हुन् जसलाई घोडासवारी र दौडमा सोख छ। जित्नका लागि उत्सुक, उनले पक्कै पनि राम्रो नतिजा ल्याउने कोसिस गर्नेछिन्। यसपाली, मात्र दुई महिनाको तालिमपछि , उनीहरु ओपन डिभिजन प्रतियोगितामा भाग लिनेछन्, जित्ने लक्ष्यका साथ्। प्रसारण सुचना: 04-11-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 07-11-2019, बिहिवार, 0630-0700 08-11-2019, शुक्रबार, 1030-1100 氣槍實用射擊是一項講求速度及準確度的運動。每一個比賽回合,參加者都需要用最短時間去獲取最高分數。勝負往往只取決於數秒之間,拔槍的速度、身體反應、手腳協調以至記憶力都是左右勝負的關鍵。氣槍實用射擊有別於對戰形式的野戰遊戲,不會向人或動物射擊,只會射擊紙靶和金屬靶,講求紀律及安全,並且灌輸正面的射擊態度。 全民教練:氣槍實用射擊教練胡偉樑 胡偉樑,人稱大隻 SIR。他早於1999年便開始學習氣槍實用射擊,是香港氣槍實用射擊界的先鋒。他於2008年榮膺香港氣槍實用射擊總會年度冠軍射手,再在2009年創立香港射手會,擔任副會長。2009至2011年,胡偉樑擔任香港氣槍實用射擊教練課程統籌,更於2011至2013年擔任香港氣槍實用射擊公開賽的首席賽事統籌,一直是香港氣槍射擊界的中堅分子。 全民運動員: Helen、Chocolate 、Charlene 槍械給人的感覺非常剛強,今集卻找來三位英雌接受挑戰!Helen表面上是一位桌上遊戲導師,實質是一名打機天后。她曾經在打機比賽奪冠,對射擊遊戲有一定心得,今次誓要達成目標!Chocolate 是一位社工,活躍於舞台劇界,生性好動,游泳、滑水、遠足通通難不到她,定必悉力以赴應戰。Charlene外表文靜,其實熱愛運動,騎馬跑步都是她的興趣,而且她好勝心強,定會爭取最佳成績。這次她們要接受挑戰,受訓兩個月後便要參加公開賽的新手組比賽,以冠軍為目標! 播映日期: 04-11-2019, 星期一, 1730-1800 (重播) 07-11-2019, 星期四, 0630-0700 08-11-2019, 星期五, 1030-1100


    集數

    EPISODES
    • 韻律泳 I / (Nepali) सिन्क्रोनाईज्ड पौडी I

      韻律泳 I / (Nepali) सिन्क्रोनाईज्ड पौडी I

      (Nepali) सारांश: सिङ्क्रोनाइज्ड स्विमिङ (पौडी)को उल्लेख गर्दा मानिसहरुले ओलम्पिक खेल र पानीमा नमेटिने मेकअप मात्र सम्झिन्छन्। वास्तवमा, सन् १९८४ को ओलम्पिक्स खेलमा सिङ्क्रोनाइज्ड स्विमिङलाई महिलापट्टिको खेलका रुपमा राखिएको थियो, जसमा एकल, युगल र सामुहिल गरेर तीनवटा हिस्सा थिए। साथै, सन् २०१५को फिना वर्ल्ड च्याम्पियनशिप्समा पहिलो पटक मिश्रित सिङ्क्रोनाइज्ड स्विमिङ कार्यक्रम राखियो, यद्यपि कुनै पुरुषले ओलम्पिक्स खेलमा सिङ्क्रोनाइज्ड स्विमिङमा भाग लिएको छैन। सिङ्क्रोनाइज्ड स्विमिङ भनेको पानीमा खेलिने यस्तो खेल हो जसले संगीत, शारीरिक व्यायाम, नाच र पौडीका चालहरु समावेश गर्दछ। यसलाई 'वाटर ब्याले' पनि भनिन्छ। खेलाडीहरुले संगीतको लयसंगै बोक्ने, घुम्ने, मोड्ने र सिधा हुने जस्ता अभ्यासहरु गर्दै एक आपसमा राम्रो सहकार्य र तालमेल बनाउनुका साथ शारीरिक क्षमता, गति, बल, लचकता र चपलताको प्रमाण दिनु पर्ने हुन्छ। प्रतियोगिताहरुमा, खेलाडीहरुको चाल र कलात्मक शैलीलाई निर्णायकहरुले अंक दिने गर्छन्। सबैका लागि प्रशिक्षक: रोजिता से (हंगकंग सिङ्क्रोनाइज्ड स्विमिङ समूहका प्रशिक्षक) रोजिता से बाल्यकालदेखि नै पौडीमा अब्बल थिईन् र १४ वर्षको उमेरमा सिङ्क्रोनाइज्ड स्विमिङसंग परिचित भए देखि यो खेलसंग संलग्न छिन्। १६ वर्षको उमेरमा उनले हंगकंगको प्रतिनिधित्व गर्दै अमेरिकामा भएको देशव्यापी प्रतियोगिताको एकल प्रस्तुतिमा पहिलो पटक भाग लिएकी थिईन्, जसपश्चात २४ वर्षको उमेरमा उनी हंगकंग सिङ्क्रोनाइज्ड स्विमिङ समूहका प्रशिक्षक समेत बनिन्। सन् २००२मा उनले बुसान एसियन गेम्समा अन्तिम पटक खेलाडीको रुपमा भाग लिईन् र युगल खेल पट्टी छैठौं स्थान हात पारिन्। १२ वर्ष पछि, उनले हंगकंग सिङ्क्रोनाइज्ड स्विमिङ समूहको नेतृत्व गर्दै ईन्च्योन एसियन गेम्समा गईन् र फेरी पनि छैठौं स्थान हासिल गरिन्, जसमा उनको समूहको प्रयास राम्रो संग देखिन्थ्यो। रोजित से भन्छिन् कि सिङ्क्रोनाइज्ड स्विमिङ यस्तो खेल हो जुन सिक्न र त्यसमा अब्बल बन्न निकै कठिन छ किनभने केवल एउटा चाललाई राम्रो ढङ्गले गर्नका लागि हजारौं पटक प्रयास गर्नु पर्ने हुन्छ। आफ्नो व्यक्तिगत अनुभव र मनोबल द्वारा, उनी सिङ्क्रोनाइज्ड स्विमिङमा हंगकंग समूहलाई नयाँ उँचाईमा लाने सोच राख्छिन्। यो पटक, उनी आठजना वयस्कको एक समूहलाई सिङ्क्रोनाइज्ड स्विमिङको तालिम दिने प्रयास गर्नेछिन्, जुन उनको प्रशिक्षक पेशाको लागि ठुलो चुनौती हुनेछ। सबैका लागि खेलाडी: महिला: मे, चोइ-हुङ, सिउ-हिङ, हा पुरुष: मिस्टर क्वोक (मे का श्रीमान), याव-पून(पींक प्यान्थर), ब्रदर हो, चुङ-विङ सिङ्क्रोनाइज्ड स्विमिङले सौन्दर्यलाई विशेष महत्व दिन्छ, तसर्थ, यसमा प्राय: खेलाडीहरु जवान महिलाहरु हुन्छन्। तर, यस भागमा हाम्रा दावेदारहरु ६० देखि ८४ वर्षसम्मका वृद्धहरु छन्। उनीहरु सबैजना क्लियर वाटर बे मा जाडो महिनाका नियमित पौडीबाजहरु हुन्, र धेरै दशकदेखि मौसम खराब हुँदा समेत दैनिकी रुपमा समुन्द्रमा पौडी खेल्दै आएका छन्। “वृद्धहरुमा योग्यताको प्रमाण दिन”को लागि उनीहरु मानिसहरुले दिने अफ्ठ्यारो हेराइलाई नजरअन्दाज गर्दै सिङ्क्रोनाइज्ड स्विमिङको तालिम र चुनौती स्वीकार गरेका छन्, साथै सिङ्क्रोनाइज्ड स्विमिङको पाँच आधारभुत चालहरु एक पछि अर्को गर्दै र अन्तिम चुनौति: चार जनाको समुहमा सङ्गितको साथमा सिङ्क्रोनाइज्ड स्विमिङको चालहरुको एक सङ्ग्रह पुरा गर्नु। प्रसारण सुचना: 11-11-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 14-11-2019, बिहिवार, 0630-0700 15-11-2019, शुक्रबार, 1030-1100 談到韻律泳,大家也許只聯想到4年一次的奧運和入水不溶的妝容。其實韻律泳在1984年洛杉磯奧運被列為女子比賽項目,並設有單人、雙人及團體項目。在2015年世界游泳錦標賽中,首次舉辦男女混合賽,但奧運至今仍未有男士出戰。 韻律泳又有『水上芭蕾舞』之稱,表演者必須在離地的水中做出許多托舉、旋轉、彎曲、倒立等動作。同一時間,亦要求隊員之間有高度默契和一致性,在音樂伴奏下顯示出各種力量、速度、耐力、柔韌和靈活性。作為比賽項目,評判會根據動作的難度分、藝術分、和完成分作評分標準。 全民教練:謝詠詩(香港韻律泳港隊教練) 自少精於游泳的謝詠詩,14歲接觸韻律泳後便不能自拔。16歲第一次代表香港出戰國際錦標賽,其後更以24歲之齡當上港隊教練。2002年是最後一次以運動員身份參加斧山亞運,並奪得雙人第六名。相隔12年,以教練身份帶領港隊出戰仁川亞運,奪得團體賽第六名,香港韻律泳隊,確實一直默默耕耘。現任香港韻律泳隊教練謝詠詩,希望繼續以自身的經驗和堅韌精神,帶領港隊在韻律泳壇更上一層樓。而今次亦是首次訓練一隊八人的老人韻律泳隊,可謂教練生涯上一次極大挑戰。 全民運動員:女子: May 姐、彩洪、少卿、霞姨 男子:郭生(May 姐老公)、友朋、何老大、仲榮 韻律泳向以美感見稱,選手多是年青女孩。本集的挑戰者竟是年齡62歲到84歲的公公婆婆,他們全部是清水灣冬泳好手,每天風雨不改到泳灘游水,多年來亦一直參與渡海泳,獲獎無數。為了証明自己仍然年青,遂懶理大眾稀奇的目光,逆齡挑戰婀娜多姿的韻律泳。游泳了得,原來只是取得學習韻律泳的入門票,一個簡單的韻律泳動作,可能要花上兩三年才能做得好。到底一班平均年齡超過73歲的公公婆婆,最終能否完成中期測試中的五個基本動作,包括背泳踢腳、水桶轉、頭行先搖櫓、水車輪及雙人圖案呢?大家拭目以待! 播映日期: 11-11-2019, 星期一, 1730-1800 (重播) 14-11-2019, 星期四, 0630-0700 15-11-2019, 星期五, 1030-1100

      11/11/2019
    • 氣槍實用射擊 / (Nepali) एयरसफ्ट IPSC

      氣槍實用射擊 / (Nepali) एयरसफ्ट IPSC

      (Nepali) सारंश एयरसफ्ट IPSC (IPSC) यस्तो खेल हो जसमा गति र सटिकताको आवश्यकता हुन्छ। प्रतियोगिताको हरेक राउण्डमा शुटरहरुले छोटो समयमा सकेसम्म धेरै अंक ल्याउनु पर्ने हुन्छ। यस खेलमा केहि सेकेन्डमै जित र हारको फैसला हुन्छ। शुटरले बन्दुक कति छिटो निकाला सक्छ, शारीरिक प्रतिक्रिया, अंगहरुको समन्वय र स्मरण शक्ति जस्ता कुराले यस खेलमा प्रमुख भूमिका खेल्दछ। यो खेल युद्धको खेल भन्दा फरक हुन्छ, जहाँ खेलाडीहरु युद्धमा जस्तै लड्छन्। यस खेलमा शुटरहरुले मानिस वा जनावरमाथि आक्रमण गर्दैनन्, खाली कागज र धातुले बनेका बोर्डहरुमा मात्रै गर्दछन्। यस खेलले अनुशासन र सुरक्षाको महत्वमा विशेष महत्व दिन्छ, साथै शुटिङ्गमा सकारात्मक मानसिकताको विकासमा समेत जोड दिन्छ। सबैका लागि प्रशिक्षक: विलियम वु, IPSC प्रशिक्षक विलियम वु, जो "सर माचो"का नामले पनि जानिन्छन्, ले सन् १९९९ देखि IPSC सिक्न शुरु गरेर शहरमा यस खेलका प्रवर्तक व्यक्ति बनेका थिए। सन् २००८मा उनलाई हंगकंग एयरसफ्ट प्र्याक्टिकल शुटिङ्ग संघले शुटर अफ द यर (वर्षका उत्कृष्ट शुटर) को उपाधि दिएको थियो। सन् २००९ मा वु ले एच के शुटर्स नामक संस्थाको स्थापना गरेर त्यसको उपाध्यक्ष बनेका थिए। सन् २००९ देखि २०११ सम्म, उनले त्यस स्थानको IPSC प्रशिक्षकहरुको समन्वयकर्ता भएका थिए। सन् २०११ देखि २०१३ सम्म उनी हंगकंग ओपन एयरसफ्ट शुटीङ्ग प्रतियोगिता(हंगकंग ओपन)को प्रमुख संयोजक रहेका थिए। स्थानिय IPSC को जगतमा वु एक विशिष्ट व्यक्ति रहँदै आएका छन्। सबैका लागि खेलाडी: हेलेन, चकलेट, सार्लिन बन्दुक एउटा पुरुष छवि भएको वस्तु हो, तर यो भागमा हामी तीन जना महिलाहरुलाई यो चुनौती स्वीकार गर्न निमन्त्रण दिनेछौं! टेबलमा खेलिने खेलहरुको प्रशिक्षक हुनुका साथै, हेलेन कम्प्युटरमा खेलिने खेलहरुमा समेत निकै अब्बल छिन्। कम्प्युटर गेमहरुको प्रतियोगिताका कारण उनी शुटिङ्ग खेलमा चाहिने चालहरुसंग राम्ररी परिचित छिन्, र आफ्नो लक्ष्य सम्म पुग्ने अठोट राख्छिन्। सामाजिक कार्यकर्ता चकलेट नाटकमा सक्रिय छिन्, र पौडी, वाटर-स्कींग र हाइकिङ्गमा पनि अब्बल छिन्। उनले यो चुनौतीमा आफ्नो पुरा प्रयास लगाउने छिन्। स्वभावले शान्त र सुशील देखिने सार्लिन वास्तवमा एक खेल प्रेमी हुन् जसलाई घोडासवारी र दौडमा सोख छ। जित्नका लागि उत्सुक, उनले पक्कै पनि राम्रो नतिजा ल्याउने कोसिस गर्नेछिन्। यसपाली, मात्र दुई महिनाको तालिमपछि , उनीहरु ओपन डिभिजन प्रतियोगितामा भाग लिनेछन्, जित्ने लक्ष्यका साथ्। प्रसारण सुचना: 04-11-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 07-11-2019, बिहिवार, 0630-0700 08-11-2019, शुक्रबार, 1030-1100 氣槍實用射擊是一項講求速度及準確度的運動。每一個比賽回合,參加者都需要用最短時間去獲取最高分數。勝負往往只取決於數秒之間,拔槍的速度、身體反應、手腳協調以至記憶力都是左右勝負的關鍵。氣槍實用射擊有別於對戰形式的野戰遊戲,不會向人或動物射擊,只會射擊紙靶和金屬靶,講求紀律及安全,並且灌輸正面的射擊態度。 全民教練:氣槍實用射擊教練胡偉樑 胡偉樑,人稱大隻 SIR。他早於1999年便開始學習氣槍實用射擊,是香港氣槍實用射擊界的先鋒。他於2008年榮膺香港氣槍實用射擊總會年度冠軍射手,再在2009年創立香港射手會,擔任副會長。2009至2011年,胡偉樑擔任香港氣槍實用射擊教練課程統籌,更於2011至2013年擔任香港氣槍實用射擊公開賽的首席賽事統籌,一直是香港氣槍射擊界的中堅分子。 全民運動員: Helen、Chocolate 、Charlene 槍械給人的感覺非常剛強,今集卻找來三位英雌接受挑戰!Helen表面上是一位桌上遊戲導師,實質是一名打機天后。她曾經在打機比賽奪冠,對射擊遊戲有一定心得,今次誓要達成目標!Chocolate 是一位社工,活躍於舞台劇界,生性好動,游泳、滑水、遠足通通難不到她,定必悉力以赴應戰。Charlene外表文靜,其實熱愛運動,騎馬跑步都是她的興趣,而且她好勝心強,定會爭取最佳成績。這次她們要接受挑戰,受訓兩個月後便要參加公開賽的新手組比賽,以冠軍為目標! 播映日期: 04-11-2019, 星期一, 1730-1800 (重播) 07-11-2019, 星期四, 0630-0700 08-11-2019, 星期五, 1030-1100

      04/11/2019
    • 山地單車 / (Nepali) मोउनटेन बाइकिङ

      山地單車 / (Nepali) मोउनटेन बाइकिङ

      (Nepali) सारांश यस खेलको नाम जस्तै, माउण्टेन बाइकिङ (पहाडहरुमा साइकल चलाउनु) सहरको समतल सडकहरुमा साइकल चलाउनु भन्दा फरक छ। आफ्नो फरक किसिमका ढांचाहरु जस्तै दीरेलियर र शक-अब्जर्भिङ्गले, माउन्टेन बाइकमा साइकल चालकहरुलाई पहाड र भिरहरुमा पनि साइकल चलाउन मदत गर्दछ। उत्साह र तिब्र गतिले भरिपुर्ण, यो खेलमा साहस, एकाग्रता र निर्णायक क्षमताको आवश्यकता पर्दछ। सबैका लागि प्रशिक्षक : माउण्टेन साइकल चालक च्यान चुन-हिङ १४ वर्षदेखि हंगकंगलाई खेलकुद प्रतियोगिताहरुमा र तीन पटक ओलम्पिक्समा हंगकंगलाई प्रतिनिधत्व गरिसकेका च्यान चुङ्ग-हिङले 'माउण्टेन हिङ' र 'किङ्ग अफ माउन्टेन' (पहाडका राजा) जस्ता उपनामहरु हासिल गरेका छन्। हंगकंग साइक्लिङ समूहका प्रशिक्षक, शेन जिङ्क्याङ्गले, च्यानको विषयमा भनेका थिए की च्यान यस्तो खेलमा अग्रसर छन् जसमा अन्तराष्ट्रिय स्तरमा पनि उनी कसैको प्रतिस्पर्धी हुन सक्दैनन्। च्यान हंगकंगका एक मात्र पेशेवर माउण्टेन साइकलकर्ता थिए। माद्यामिक २ मा पढ्दा साइकल चलाउने खेलको पहिलो सम्पर्कमा आउने बितिकै, च्यान यो खेलको प्रेमी बने। हंगकंग साइक्लिङ समूहमा आबद्ध भएपछि, उनले माउण्टेन बाईकिङमा तालिम लिए, जहाँ धेरै लामो अवधि सम्म उनले एक्लै नै तालिम लिए। बर्षौं सम्म, एसियाका खेलाडीहरु संग उनले एक्लै नै प्रतिस्पर्धा गरे। पुरस्कारहरु जित्दै एसियाकै राम्रो माउण्टेन साइकल चालक बन्नको लागि उनले थुप्रै कठिनाइहरुको सामना गर्नु पर्यो। सन् २०१० र २०१४मा सम्पन्न भएको पुरुष पट्टिको क्रस-कन्ट्री साइकल प्रतिस्पर्धामा उनले क्रमश: पहिलो र दोश्रो स्थान हात पारे। सन् २०१६ मा, ओलम्पिक्सको अन्तिम समारोहमा झण्डा बोकेर उनले औपचारिक रुपमा आफ्नो खेल जीवनको समाप्ति गरे। तर, माउण्टेन बाईकिङ उनको जीवनको अहम हिस्सा भएको कारणले, च्यान अहिले माउन्टेन बाईकिङको प्रशिक्षकको रुपमा सबल छन्। आफ्नो सिपको प्रयोग गरेर उनले यस खेलको उत्थान गर्ने आशा गर्दछन्, ता कि अझै धेरै मानिसहरु माउन्टेन बाईकिङका खेलाडी बनुन्। सबैका लागि खेलाडी: तीन ह्याण्ड्बल खेलाडीहरु - बोन, मो, कुट खेलाडीहरु प्राय: कठिन तालिम प्राप्त हुनाले चुनौतीहरुसंग सजिलै हार मान्दैनन्। अन्तिम सम्म निरन्तर लड्ने र दृढ रहने साहस उनीहरुमा हुन्छ। यो शृंखलामा ३ जना ह्याण्डबलका खेलाडीहरु छन्, जसमा कुनै खेलाडीहरुले हंगकंगलाई निरन्तर रुपमा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा प्रतिनिधित्व गरेका छन्। ह्याण्डबल खेलमा १५ वर्षको तालिम पश्चात, यी तीन खेलाडीहरु सामुहिक सहकार्य चाहिने खेलसंग राम्रो संग परिचित छन्। तर अब उनीहरु आफ्नो व्यक्तिगत क्षमतालाई चुनौती दिने खेलमा सहभागी हुने मौका चाहन्छन्। उनीहरुले माउण्टेन बाइक समूहको सदस्य नभएर, एकल योध्दा बनेर अनुभाव गर्ने छन्। हार्ड-सर्फेस तालिमबाट शुरुवात गर्दै उनीहरु जंगल र पहाडमा जानेछन् र "खेलकुदको कुनै सीमा हुँदैन" भन्ने संदेशलाई तालिम र प्रतियोगिताको अवधि भरि साकार रुप दिनेछन्। प्रसारण सुचना: 28-10-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 31-10-2019, बिहिवार, 0630-0700 01-11-2019, शुक्रबार, 1030-1100 山地單車,顧名思義,有別於在一般市區平路踏單車,而是車手靠着山地單車獨有的變速器及避震設計等,翻山越嶺,跨越崎嶇不平的山坡。這個過程充滿刺激與速度感,屬於講求膽識、集中力及判斷力的運動。 全民教練:山地單車運動員陳振興 陳振興為港隊征戰十四年,是三屆奧運會的香港代表,有「山地興」和「山地王」的稱號。香港單車隊教練沈金康曾經形容,陳振興是在一項無法與世界級圈子競爭的項目上堅持下去,更是香港唯一一名全職山地單車手。 陳振興中二時初次接觸單車,一試傾心。加入港隊後,陳振興專攻山地單車,更長年累月單獨接受山地單車訓練。他多年來都是單槍匹馬,獨戰亞洲各國多名強敵,排除萬難,才得以屢獲殊榮,穩守亞洲頂尖山地單車手的地位。2010年和2014年的亞洲運動會上,他曾分別奪得男子山地車越野賽冠軍和亞軍。 2016年,陳振興擔任奧運閉幕禮持旗手後,便正式告別運動員生涯。不過,山地單車對他來說,是生命中不可或缺的一部分,今日的他就轉職山地單車教練,希望以自身的經驗,推廣這項運動,期望更多人加入山地單車手的行列。 全民運動員:三位手球運動員邦、毛、吉 運動員往往都經歷過艱苦的訓練,所以遇到挑戰絕不輕言退縮,總抱着一戰到底,堅持下去的決心。本集的三位學員均是手球運動員,當中更有屢次代表香港出外比賽的選手。三人經歷超過十五年手球運動培訓之後,已習慣手球這類講求團隊精神的運動,希望有機會挑戰重視個人表現的運動,嘗試不以隊友為伴,而是以山地單車為戰友。他們會接受基本硬地培訓,再轉戰樹林、山地路段,從學習過程與大比試中,真正實踐運動無界限的精神。 播映日期: 28-10-2019, 星期一, 1730-1800 (重播) 31-10-2019, 星期四, 0630-0700 01-11-2019, 星期五, 1030-1100

      28/10/2019
    • 滾軸溜冰 / (Nepali) रोलर स्केटिङ

      滾軸溜冰 / (Nepali) रोलर स्केटिङ

      (Nepali) सारांश: रोलर स्केटिङ्ग १९८० को दशकमा मनोरञ्जनात्मक खेल र जीवनशैलीको रुपमा निकै प्रचलित थियो। १९९० को दशकको मध्य र अन्तिममा, इन्लाइन रोलर स्केटीङ्गले लोकप्रियता हासिल गर्न सुरु गर्यो। स्केट गर्न सजिलो हुने उपकरणको कारणले, यो खेल युरोप र अमेरिकामा निकै लोकप्रिय बनेको छ, र एउटा व्यवसायिक खेलको रुपमा पनि स्थापित भएको छ। रोलर स्केटिङ्गको विभिन्न किसिमका खेलहरु छन् - स्पिड स्केटिंग, आर्टिस्टिक रोलर स्केटिङ्ग, फ्रीस्टाइल स्केटिङ्ग, इन्लाइन हकी र रिंक हकी। अहिले विश्वभरि थुप्रै प्रतियोगितामा समावेश गरिने स्पिड स्केटिङ्गको, आफ्नै छुट्टै प्रतियोगिताहरुमा समेत हुने गर्दछ। सबैका लागि प्रशिक्षक: एन्जी वङ एक अवकास प्राप्त स्थानिय रोलर स्केटिङ्ग कर्ता, एन्जी वाङ्गले आठ वर्षको कलिलो उमेरमा पहिलो पटक स्केटिङ्ग गरे देखि नै यो खेलको प्रेमी बनेकी थिईन्। वास्तवमा, उनको आमालाई पनि यो खेलमा निकै रुचि थियो तर स्केट गर्ने मौका पाईनन्। मौका आउने बितिकै, उनले आफ्नी छोरी एन्जीलाई प्रयत्न गर्नको लागि प्रोत्साहन दिईन्। सुरु सुरुमा एन्जी हिच्किचाएकी थिईन्, तर पनि एकचोटी रिंकमा गएपछि चार घण्टासम्म स्केटिङ्ग गरिरहिन्। त्यसपछि, एन्जी नियमित अभ्यासको लागि जाने गर्थिन् । भिक्टोरिया पार्कमा रहेको स्केटिङ्ग गर्ने रिंक उनको दोश्रो घर बनेको थियो। त्यहाँ उनले आफु जस्तै थुप्रै साथीहरु भेट्नुका साथै धेरै विधार्थीहरुलाई प्रशिक्षण समेत दिईन्। सुरुमा उनी आर्टिस्टिक रोलर स्केटिङ्गमा केन्द्रित भईन, तर पछि गएर स्पिड स्केटिङ्ग रोजिन्। सन् २००१ मा भएको राष्ट्रिय चिनिया प्रतियोगितामा हासिल गरेको दोस्रो स्थान एन्जीको सबैभन्दा महत्वपुर्ण जित हो। पछि गएर, आफ्नै राम्रोको लागि रोलर स्केटिङ एरिना छोड्ने निचो गरिन्, र अवकाश लिएर अष्ट्रेलियामा पढिन्। अप्रत्याशित रुपमा, उनकी सानी बहिनीको नाम र विशिष्ट प्रदर्शनीले उनलाई स्केटिङ्ग पुन: सुरु गर्न प्रेरित गर्यो, र उनी रोलर स्केटिङ्गको जगतमा फर्केर आईन्। अहिले उनी प्रशिक्षक र निर्णायक बन्नमा आफुलाई समर्पित गरेकी छिन्, साथै रोलर स्केटिङ्गको सम्वर्धनको लागि पनि काम गर्छिन्। उनले प्राय: विभिन्न क्षेत्रका खेलाडीहरुलाई विश्वको विभिन्न प्रतियोगिताहरुमा समावेश गराउछिन्। सबैका लागि खेलाडी: चारमाईन, जामी, माइक, मार्टिन, रिचर्ड, टिनग्की, विङ हङकङमा, प्राय: जसो बच्चाहरु र युवाहरु रोलर स्केटिङ्ग सिक्दछ्न्। तर यसपाली, हामीले वयस्कहरुलाई प्रशिक्षण दिनेछौं जो अभिभावक पनि हुन्! उनीहरु सबै ३० वर्षभन्दा माथिका हुन्। अभिभावक भएको नाताले, उनीहरुले दैनिक जीवन, परिवार र कामको कारण कठिन जिम्मेदारी वहन गर्नु पर्दछ। आफ्नो अधिकतम समय र उर्जा बच्चाको हेरविचारमा लगाउने भएकोले, उनीहरु संग शारीरिक व्यायामको लागि थोरै मात्र समय हुन्छ। तर यी अभिभावकहरुले आफ्ना परिवारलाई केहि क्षणको लागि पछाडी छाडेर नयाँ खेल सिक्ने चुनौती स्वीकार गर्ने निर्णय गरेका छन्। यिनका चुनौतीहरुमध्ये प्रथम हो स्पिड स्केटिङ्ग जसमा तिव्र गति नै जितको मूल हो, र अर्को हो अवरोध पथ जसमा सामान्य सिपको आवश्यकता पर्दछ। अन्तत: हामी यो हेर्नेछौं कि उनीहरुले कठिन शैली पर्ने फ्रीस्टाइल रोलर स्केटिङ्ग रेसमा प्रतिस्पर्धा गर्न सक्षम छन् या छैनन्। प्रसारण सुचना: 21-10-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 24-10-2019, बिहिवार, 0630-0700 25-10-2019, शुक्रबार, 1030-1100 滾軸溜冰曾經在80年代風靡一時,既是消閒運動,也是潮流。到了90年代中後期,單線(單排)滾軸溜冰開始流行,經過改良的器材亦使人更易掌握,令單線滾軸溜冰在歐美等地盛行,甚至發展出專業運動比賽。 與滾軸溜冰有關的運動大致分為幾類,包括速度滾軸溜冰、藝術滾軸溜冰、自由式輪滑、單線曲棍球及滾軸溜冰曲棍球等等。速度滾軸溜冰在世界不少地區已成為運動會比賽項目,亦有專門的比賽。 全民教練:王家芸(Angie) Angie是香港退役的滾軸溜冰選手,8歲時第一次試玩滾軸溜冰便愛上。其實,Angie的媽媽很喜歡滾軸溜冰,可惜沒機會玩,在一次機緣巧合下,便鼓勵Angie去玩。起初Angie並不願意,但一下玩便玩了整整4個小時。 後來,Angie幾乎天天都自己去練習,維園的滾軸溜冰場基本上是她的另一個家。在那裏,她認識了不少志同道合的朋友,後來也訓練過不少學生。她初時專注於藝術滾軸溜冰,後來才轉玩速度賽。 Angie的最佳成績是在2001年奪得中國全國賽的亞軍。後來,她因負笈澳洲而退役,並打算從此退出滾軸溜冰界。Angie沒想到妹妹在滾軸溜冰比賽上也闖出名堂,屢獲佳績,不禁技癢起來,最終也重投滾軸溜冰的懷抱。現時Angie主要擔任教練和裁判的工作,並積極推廣滾軸溜冰,經常帶領各地選手到不同地方比賽。 全民運動員:Charmaigne、Jamie、Mike、Martin、Richard、Tingki、Wing 在香港,學習滾軸溜冰的多為兒童與青少年。這次,我們的訓練對象卻是一群已為人父母的成年人! 他們都年過三十,身為家長,生活、家庭及工作壓力非常沉重。他們大部分的精神時間都花在小朋友身上,可以花在運動上的時間簡直少之又少。幾位父母卻決定接受挑戰,暫時放下家庭,穿上溜冰鞋,嘗試學習一項新運動。 挑戰目標包括以速度取勝的速度賽,以及要掌握簡單花式技巧的障礙賽,最終再看看大家能否應付技巧複雜的平地花式賽。 播映日期: 21-10-2019, 星期一, 1730-1800 (重播) 24-10-2019, 星期四, 0630-0700 25-10-2019, 星期五, 1030-1100

      21/10/2019
    • 划艇 / (Nepali) डुङ्गा खियाउने

      划艇 / (Nepali) डुङ्गा खियाउने

      (Nepali) सारांश कयाकिंग यस्तो खेल हो जसमा बल र शारीरिक क्षमता आवश्यक हुन्छ। जब कुनै व्यक्ति सीमाहीन समुन्द्रमा एक्लै कायाकिंग गर्दछ, त्यसको लागि आत्मबल त चाहिन्छ नै, तर त्यसले मानिसलाई प्रकृति र समुन्द्रसंग निकट पनि बनाउछ। ड्रागन बोटिङ्ग खेलको लागि निकै धेरै बल र समूहको इच्छाशक्ति चाहिन्छ। १० जना मानिसले भरिएको ड्रागन बोट खियाउँदै अन्तिम बिन्दु सम्म लग्नको लागि, एकताले सबैभन्दा महत्वपुर्ण भूमिका खेल्दछ, त्यसैले हरेक सदस्यले एकै साथ लयबद्ध तरिकाले प्याडल चलाउनु पर्ने हुन्छ। "खेलकुद सबैका लागि" को यो शृंखलामा, कायाकिंगकी खेलाडी एन्जल हो र ड्रागन बोटका प्रशिक्षक ज्याकी सोले दृष्टि विहिनहरुको एक समूहलाई प्रशिक्षण दिनेछन्, जहाँ कायकिंग र ड्रागन बोटिङ्ग द्वारा उनीहरुको आत्मबल, सामुहिक इच्छाशक्तिको परिक्षण गरिने छ। सबैका लागि प्रशिक्षक- कायाकिंग खेलाडी एन्जल हो एन्जल हो २६ वर्षको उमेर छँदा पहिलो पटक कायाकिंग खेलको सम्पर्कमा आईन् र तुरन्तै यस खेल संग उनलाई प्रेम भयो। महिनौ पछि, उनले थिउन मुन जिल्लामा भएको कायाक प्रतिस्पर्धामा प्रथम स्थान हासिल गरिन्, जसपश्चात उनले एक खेलाडीका रुपमा आफ्नो यात्रा शुरु गरेकी छिन् । सन् २०१० देखि, एन्जलले अन्तराष्ट्रिय प्रतिस्पर्धाहरुमा भाग लिन थालेकी हुन् र ताइवान, मलेसिया, कोरिया आदि देशहरुमा भएका कायाक प्रतिस्पर्धामा विजयी बनेकी छिन् । सन् २०१४ मा उनले ईन्च्योनमा भएको एसियन गेम्समा कायाक प्रतिस्पर्धामा हङकङको प्रतिनिधित्व गरेकी थिईन्। पछिल्लो केहि वर्षहरुमा, उनी प्रशिक्षकको रुपमा समर्पित भएकी छिन् र कयाकिंगको माध्यमबाट आगामी पुस्ताहरुलाई प्रेरणा दिने आशा राख्छिन्। सबैका लागि खेलाडी - दृष्टिविहिन मानिसहरु: बिग ब्रदर, अङ्कल फ्याट, लोफ, क्लारा, विङ्ग-चि यी पाँच दृष्टि विहिनहरु भिन्न कारणहरुले दृष्टि विहिन भए, कोहि जन्मजात त कोहि रोगले दृष्टि विहिन भएपनि, उनीहरुमा एउटा समान धारणा छ : "दृष्टि विहिनताले जीवनको बाटोमा अवरोध सिर्जना गर्दैन।" बिग ब्रदरले अरु दृष्टिविहिनहरुमा उत्साह जगाउनका लागि कंग फु सिकाउँछन्; अङ्कल फ्याटले भित्री आनन्दको खोजीका निम्ति संगीत बजाउने गर्छन्; लोफले आफ्नो दक्षता प्रमाणित गर्नको लागि कुकीहरु बेच्ने व्यापार गर्छन्; क्लाराले आफ्नो भित्रि डरसंग विजय पाउनको लागि कलाकारिता गर्छिन्; र विङ्ग-चिले सक्रियताका साथ सामुहिक कार्यहरुमा आफ्नो संलग्नता जनाउँछन्। यसपाली उनीहरुले एन्जल हो र ज्याकी सोको कायाकिंग/ड्रागन बोटिङ्ग तालिम लिनेछन्। संसारसंग सम्बन्ध स्थापित गर्नको निम्ति उनीहरुले ड्रागन बोट रेसमा भाग लिने मात्र होइन, १०० मिटर कायाकिंगको परिक्षण एक्लैले पुरा गर्नुपर्ने छ जसकारण यी दुई खेलले उनीहरुको मनोबल र सामुहिक सहकार्य गर्ने क्षमता दुवैलाई चुनौती दिनेछ। प्रसारण सुचना: 14-10-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 17-10-2019, बिहिवार, 0630-0700 18-10-2019, शुक्रबार, 1030-1100 獨木舟是一項講求耐力與體力的運動。當人獨自在茫茫大海中划着獨木舟時,除了考驗意志力,亦是人與海洋及大自然緊密接觸的時刻。 龍舟則講求爆發力與合作精神。要把一艘載着十多人的龍舟划到終點,最重要的是團結一致,隊員必須齊心和齊槳。 兩項划艇運動,雖然相似,但是背後的精神各異。然而,若兩者結合,便能讓個體、群體及自然和諧共融。 在本集「全民動起來」中,獨木舟運動員何賢藝將會與龍舟教練蘇劭匡合作,訓練一羣失明人士,透過獨木舟及龍舟運動,考驗他們的意志力和團隊精神。 全民教練-獨木舟運動員何賢藝 何賢藝在26歲時才第一次接觸獨木舟,但卻立即愛上這項運動。幾個月後,她更在屯門區獨木舟比賽奪冠,從此便展開了她的運動員生涯。 2010年起,何賢藝開始參加國際比賽,並先後在台灣、馬來西亞、韓國等地的獨木舟比賽中奪標。在2014年,她更代表香港參加仁川亞運的獨木舟比賽。 近年,何賢藝主力擔任教練,希望可以藉獨木舟運動啟發年輕一輩。 全民運動員-失明人士:大師兄、發叔、麵包、Clara、詠慈 五位失明人士的失明原因各異,有天生的,也有疾病導致的。然而,五人都有一個共同信念:「失明不是人生的障礙」。 平日,大師兄會教導功夫,用意志力感染其他失明人;發叔則會玩音樂,尋找內心平靜;麵包會發展自己的曲奇餅生意,證明自己的能力;Clara會演戲,克服內心恐懼;而詠慈則積極參與團體活動。 這次,他們參加了何賢藝與蘇劭匡的獨木舟/龍舟訓練。他們不但要一起參加龍舟比賽、與世界接觸,更要完成個人一百米獨木舟考驗,挑戰個人意志與團隊精神。 播映日期: 14-10-2019, 星期一, 1730-1800 (重播) 17-10-2019, 星期四, 0630-0700 18-10-2019, 星期五, 1030-1100

      14/10/2019
    • 街頭健身 / (Nepali) सडक कसरत

      街頭健身 / (Nepali) सडक कसरत

      (Nepali) सारांश स्ट्रिट वर्काउट(सडकमा कसरत)ले पछिल्लो वर्षहरुमा विश्वभरि लोकप्रियता हासिल गरेको छ। यस खेलको सबैभन्दा राम्रो विशेषता के हो भने यसको लागि साधन किन्नु एक पैसा पनि खर्च पर्दैन, न कुनै सदस्यताको आवश्यकता पर्छ, न त कुनै ठाउँ र समयले बाँधिएको हुन्छ। खेलाडीले मात्र आफ्नो घर नजिकैको पार्कमा रहेको सुविधाहरु र आफ्नो शरीरको विभिन्न अंगहरुलाई विभिन्न उपकरणहरुको प्रयोगले तालिम गरेर, चुनौतिपूर्ण ढांचाहरुमा लग्न सक्षम हुनु पर्छ, जस्तै अति चर्चित "ह्युमन फ्ल्याग" आसन, यसकारणले गर्दा, यो, खेल धेरै खेल प्रेमीहरुको चासो को विषय बनेको छ। सबैका लागि प्रशिक्षक- निकोलस वोङ २३ वर्षीय निकोलस वोङ करिब चार वर्ष अघि स्ट्रिट वर्काउट(सडक कसरत)संग परिचित भए। अहिले उनी कलेजको तेस्रो वर्षको विधार्थी हुनुका साथै, थोरै समय स्ट्रिट वर्काउट प्रशिक्षकका रुपमा पनि आबद्ध छन्। चार वर्ष अघि, उनी कुनै खेलकुदमा संलग्न थिएनन् र एकान्तमा बसेर भिडियो गेम खेल्न रुचाउने गर्थे। एकचोटी उनले स्ट्रिट वर्काउटको विषयमा सेरेण्डिपिटिको छोटो भिडियो हेरे, र सो खेलमा खेलाडीहरुले गरेको शारीरिक आसन देखेर मोहित भएर उनले नजिकैको पार्कमा गएर प्रयास गर्न थाले। त्यसपछि उनी यो खेलसंग प्रेममा परे र परिश्रमका साथ हरेक दिन प्रशिक्षण गर्दैछन्, फलत: एउटा "हारेको" व्यक्तिबाट स्ट्रिट वर्कआउटमा हङकङ विजेता भए। सन् २०१६ मा, उनले अन्तराष्ट्रिय प्रतियोगितामा हङकङको प्रतिनिधत्व पनि गरे, र स्ट्रिट वर्काउट विश्व कप सुपर फाइनलमा चौथो स्थान हासिल गरे। सबैका लागि खेलाडी- लेस्टर, रेमण्ड, भेरोनिका, मिसेल निकोलसको नजरमा, स्ट्रिट वर्काउटको लागि तीनवटा कुराहरु आवश्यक छन्: इच्छाशक्ति, इच्छाशक्ति, र इच्छाशक्ति! यस पटक हाम्रो समूहले विशेष रूपमा यस्ता व्यस्त शहरी कर्मचारीहरुलाई निमन्त्रणा गरेको छ जसको भित्र महिनौको तालिमबाट हुँदै, स्ट्रिट वर्काउटको प्राथमिक अभ्यासहरु सिक्ने इच्छाशक्ति छ। काम, घर र सामाजिक जीवनहरु आदिको दिनचर्या भरिने भएकाले यिनीहरुका लागि अभ्यासको लागि समय मिलाउन सजिलो छैन। के यिनीहरुले पूर्ण गर्न सक्लान् त हाम्रो निर्माता समूहले तोकेको अन्तिम परिक्षणको पथ: चारजना मिलेर एउटा सार्वजनिक स्थलमा तीन मिनेटको स्ट्रिट वर्काउट प्रदर्शनी। निकोलस वोङका पुरस्कार र सम्मानहरु : हङकङ स्ट्रिट वर्काउट च्याम्पियनशीप २०१५ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप स्टेज अफ ताइवान २०१५ विजेता हङकङ स्ट्रिट वर्काउट च्याम्पियनशिप २०१६ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप स्टेज अफ ताइवान २०१६ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप सुपर फाइनल २०१६ संसारभर चौथो हङकङ स्ट्रिट वर्काउट च्याम्पियनशिप २०१७ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप स्टेज अफ ताइवान २०१७ तेस्रो स्थान प्रसारण सुचना: 07-10-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 10-10-2019, बिहिवार, 0630-0700 11-10-2019, शुक्रबार, 1030-1100 街頭健身這項運動近年在全球迅速興起,它特別在於不需要花錢添置任何器材或購買任何會藉,也不受場地和時間限制,只需利用居所附近的公園設施,加上自身體重和使用不同器械便可鍛鍊身體各個部位,繼而擺出各種帥氣的高難度姿勢,例如「人旗」等標誌性動作,故愈來愈多運動愛好者對此趨之若騖。 全民教練:黃煒峰 現年23歲的黃煒峰(Nicholas)在4年前接觸街頭健身。他現在是一名專上學院學生,也是一名兼職街頭健身教練。4年前的他不愛運動,當時只愛深居簡出「打機」。一次機緣巧合下,他在網上看到街頭健身的短片,被其型格酷炫的動作深深吸引,便立即到附近的公園一試,自此便愛上這項運動並每日勤練,終於由一名「廢青」搖身一變成為香港街頭健身的冠軍。2016年,他更代表香港出國比賽,並於世界盃超級總決賽獲第四名。 全民運動員: Lester、Raymond、Veronica、Michelle 在黃煒峰眼中,街頭健身講求三件事:毅力、毅力和毅力!這次,節目製作組特地邀請了四位繁忙的都市上班族,讓他們接受為期數月的訓練,學習街頭健身的基本動作。四名上班族每天的時間都已被工作、家庭及社交生活等所佔據,要抽空做運動談何容易。他們又能否完成節目製作組所安排的終極測試:四人合力設計和公開演出一段三分鐘的街頭健身表演? 黃煒峰(Nicholas)的個人榮譽: 2015街頭健身錦標賽香港 冠軍 2015街頭健身世界盃台灣站 冠軍 2016街頭健身錦標賽香港 冠軍 2016街頭健身世界盃台灣站 冠軍 2016街頭健身世界盃超級總決賽 世界排名第四 2017街頭健身錦標賽香港 冠軍 2017街頭健身世界盃台灣站 季軍 播映日期: 07-10-2019, 星期一, 1730-1800 (重播) 10-10-2019, 星期四, 0630-0700 11-10-2019, 星期五, 1030-1100

      07/10/2019
    • 花式跳繩  / (Nepali) डोरी नाघ्ने/उफ्रिने

      花式跳繩 / (Nepali) डोरी नाघ्ने/उफ्रिने

      (Nepali) सारांश: रोप स्कीपिंग(डोरी उफ्रिने) खेल बच्चाहरुको खेल मात्र नभएर, परिवर्तनशील शैलीहरुका साथ शारीरिक क्षमता, एकाग्रता, सहनशीलता, शारीरिक समन्वय र आपसी सहकार्यमा जोड दिने खेल हो। एकल होस् वा सामुहिक, रोप स्कीपिंग हाम्रो मस्तिष्क र आँखाका लागि मनोरञ्जन प्रदान गर्ने खेल हो। सबैका लागि प्रशिक्षक: चेउङ पाक-हुङ, हङकङ रोप स्कीपिंग समूहका सदस्य चिउङ्ग हङकङ रोप स्कीपिंग समूहका सदस्य हुन्। उनी सन् २०१७को हङकङ एलिट रोप स्कीपिंग प्रतियोगिताका पुरुष तर्फाबाट विजेता हुन् र सन् २०१६को वर्ल्ड रोप स्कीपिंग प्रतियोगितामा पाँचौ स्थानमा थिए। चिउङ्ग बाल्यकाल देखि नै शान्त स्वभावका थिए, र फर्म ३ कक्षामा छँदा रोप स्कीपिंग खेलसंग परिचित भए। आफ्नो मेहेनत र सिपका कारण उनी हङकङ रोप स्कीपिंग समूहसंग आबद्ध भएको आधा वर्षमै अन्तराष्ट्रिय प्रतियोगिताहरुमा भाग लिन थाले। त्यहाँ देखि उनको जीवन खेलसंग आबद्ध रहेको छ। माध्यमिक विधालयमा छँदा, दैनिकी रोप स्कीपिंगको अभ्यासले उनको शैक्षिक उन्नतिमा बाधा भयो र झण्डै रोप स्कीपिंग छोड्नु पर्ने अवस्था समेत आएको थियो। तर, रोप स्कीपिंगका लागि उनको लगनका कारण, उनले पढाई र खेलकुदलाई संग-संगै लग्न सके। उनी अहिले विश्वविधालयको शिक्षा लिंदै छन् र आफ्नो रोप स्कीपिंगको शोखलाई पेशागत रुपमा अगाडी बढाउने सोचले, आफ्नै रोप स्कीपिंग कम्पनी पनि खोलेका छन्। सबैका लागि खेलाडी: प्राथमिक ६ कक्षाका १० जना विधार्थीहरु हङकङ फेडेरेशन अफ युथ ग्रुप्स ली शाउ कि प्राथमिक विधालयमा अध्ययनरत कक्षा ६ का दशजना विधार्थीहरु र हरेकको आफ्नै ताकत र कमजोरीहरु छन्। कोहिको हात र खुट्टाबीच समन्वय नहोला त कसैको बुझ्ने क्षमता राम्रो नहोला। साथै, यो खेल यो खेलसंग उनीहरुको परिचय शारीरिक शिक्षाको पाठहरुमा मात्र भयो, तर यसपाली हाम्रो 'सबैका लागि प्रशिक्षक' द्वारा तालिम प्राप्त गरि उनीहरुले विभिन्न चुनौतीहरुको सामना गर्नु पर्ने छ। प्रथमत: उनीहरुले आफ्नो व्यक्तिगत गतिलाई चुनौती दिंदै ३० सेकेण्ड अल्टरनेट फुट जम्प र ३० सेकेन्ड क्रिस-क्रस गर्नुपर्ने छ। र अन्तिममा ति दश विधार्थीहरु प्रद्रशन कप प्रतियोगितामा सहभागी हुने छन्, जहाँ ति दश विधार्थीहरुले ४-मिनेट लामो सामुहिक प्रदर्शनी दिनुपर्ने छ। प्रसारण सुचना: 30-09-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 03-10-2019, बिहिवार, 0630-0700 04-10-2019, शुक्रबार, 1030-1100 跳繩不單是小朋友的玩意,更是一項千變萬化,講求體力、專注力、持久力、身體協調能力,以及整體合作等的運動項目。無論是個人表演或團體合作演出,花式跳繩都是一項賞心悅目的運動。 全民教練:香港跳繩代表隊隊員張柏鴻 張柏鴻是香港跳繩代表隊隊員。他是全港精英跳繩比賽2017暨香港代表隊選拔賽男子個人賽總冠軍;亦在2016世界跳繩錦標賽男子個人賽排名第五。 張柏鴻自幼比較文靜,中三才接觸花式跳繩,憑着天資加上努力,在短短半年間已可入選香港代表隊參加國際賽事,從此便與跳繩結下不解緣。他中學時曾因每天練習跳繩而一度令學習成績下滑,更差點被迫要放棄跳繩。不過,憑着他對跳繩的熱愛,最終都能兼顧運動與學業,報讀大學課程並自組跳繩公司,希望把愛好發展為事業。 全民運動員:十位小學六年級學生 十位來自香港青年協會李兆基小學的小六學生,他們每位的長處與短處都有不同,有些可能手腳協調能力較弱,有些或許理解能力未夠強。他們都只是在平常的體育課初步接觸過花式跳繩,但是今次就要接受全民教練的訓練,迎接各種挑戰。 首先他們要接受個人速度的挑戰,分別是30秒單車步速度跳,以及30秒交叉開速度跳。終極挑戰則是參加一項表演杯賽,十位同學一同完成4分鐘的團體表演。 播映日期: 30-09-2019, 星期一, 1730-1800 (重播) 03-10-2019, 星期四, 0630-0700 04-10-2019, 星期五, 1030-1100

      30/09/2019
    • 運動攀登 / (Nepali) खेलकुद चढाई

      運動攀登 / (Nepali) खेलकुद चढाई

      (Nepali) सारांश: चढाई गर्ने खेलहरुमा बोल्डरिङ्ग, लिड क्लाइम्बिङ्ग र स्पिड क्लाइम्बिङ्ग पर्छन्। बहादुरी र शारीरिक समन्वय चाहिने यो खेलले शारीरिक र बौद्धिक क्षमताहरुको परिक्षण गर्दछ। चढाईका शोख भएकाहरुले विभिन्न मार्गहरु सफलताका साथ आरोहण गरेर हर्षित हुन्छन्। प्राकृतिक र बनाइएको भित्ता र बोल्डरिङ्ग गर्ने जिमखानाहरुमा हामी म्याग्नेसियम पाउडर चक देख्न सक्छौं, जुन आरोहीहरुले चिप्लिनबाट जोगिनका लागि प्रयोग गर्दछन्। हङकङका आरोहण गर्ने खेलाडीहरुका लागि, एउटा अद्वितीय आरोहण गर्ने समारोह हुने गर्दछ -- छेङ छाउमा हुने बार्षिक बन स्क्र्याम्ब्लिंग प्रतियोगिता । आरोहणको खेलमा एक एक पाइला गर्दै माथि पुग्नु पर्ने हुन्छ, तर शुरुवातमा हात छोड्न र खस्न पनि सिक्नु पर्ने हुन्छ। चढ्दै जाँदा, आरोहीले चढाई गर्ने भित्ता संग आफ्नो शरीरको तौल मिलाउदै ढुंगा र चट्टानहरुलाई च्याप्प समात्नु पर्छ। तर, ब्रेकको बेला खेलाडीले भित्ता समाउन छोडेर डोरीमा झुण्डिएर बस्नु पर्ने हुन्छ। बोल्डरिङ्ग खेल, जसमा भित्ताको उचाइ ६ मिटर वा कम हुन्छ, खेलाडीहरुको हात फुस्किएको खण्डमा सिधा तल बिच्छ्याइएको गद्दामा आएर खस्छन् किनभने यो खेलमा डोरी बाँधिएको हुदैन। आरोहण गर्नको लागि चाहिने एउटा मात्र कुरा भनेको खस्ने डर माथि विजय प्राप्त गर्नु हो। एउटा आरोहीले विष्फोटकताका साथ माथि चढ्नु अघि बाटोलाई राम्रोसंग हेर्नुपर्छ र आफ्नो हातखुट्टालाई कसरी खटाउने हो भनेर हेर्नुपर्छ। अभ्यास गरिरहने हो भने प्रगति पक्कै पनि हुन्छ। शुरुमा हेर्दा असम्भव जस्तो लाग्ने मार्ग सफलताका साथ आरोहण गर्दा अकल्पनीय आनन्द मिल्दछ। सबैका लागि प्रशिक्षक - वोंग का- यान वोंग का-यान छेङ छाउमा हुने बन स्क्र्याम्बलिंग प्रतियोगितामा पाँच पटक बनहरुको रानी बनिसकेकी छिन्। कक्षा पाँच पछि आफ्नो प्रेमी र विधालय जीवन गुमाएकी का-यानले सामुदायिक केन्द्रमा एउटा ऐच्छिक कक्षा लिईन्। उनले रक क्लाइम्बिङ्ग रोजिन् किनकि उनलाई आफ्नो उचाई संगको डर हटाएर आफ्नो साहसको विकास गर्नु थियो, र त्यहीं देखि उनलाई आरोहणसंग प्रेम भयो। का-यान यस शहरको पहिलो बरफ आरोही पनि हुन् र रुख चढ्ने प्रतियोगितामा थुप्रै पुरस्कार जितेकी छिन् - उनलाई हरेक किसिमको आरोहण गर्ने खेल मनपर्छ। सन् २०१६ मा राष्ट्रिय एलिट न्याचुरल रक क्लाइम्बिङ्ग प्रतियोगिता अन्तर्गत महिला लिड एण्ड स्पिड वर्गमा उनले प्रथम स्थान जितिन्, सन् २०१७ मा भएको हङकङ बोल्डरिङ्ग च्याम्पियन्शिप्सको महिला खुल्ला वर्गमा चौथो स्थान हात पारिन् (हङकङका प्रतिनिधिहरुले प्राप्त गरेको मध्ये सबैभन्दा उत्कृष्ट) र सन् २०१६को हङकङ स्पिड क्लाइम्बिङ्ग प्रतियोगिताको महिला खुल्ला वर्गमा दोस्रो स्थान हात पारिन्। सबैका लागि खेलाडी - चबि हे, स्कीनी हो र जिकी ह्यारी प्रसारण सुचना: 23-09-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 26-09-2019, बिहिवार, 0630-0700 27-09-2019, शुक्रबार, 1030-1100 運動攀登的比賽項目包括抱石、難度賽、速度賽,比賽時鬥智鬥力,是一項講求膽色及身體協調的運動。攀登愛好者以征服不同的線路為樂,無論天然的攀石場、人工高場、或者抱石場都會見到攀爬者防滑用的白色鎂粉。對於香港的攀爬運動員,尚有一項獨有的盛事,就是一年一度的長洲搶包山。 攀石看似是一步步向上攀的過程,但對於初學者而言,首要學習放手、下墜。攀爬時要習慣置身牆上的高度、捉緊石頭,但中途休息時要放開雙手雙腳離開石牆,單靠安全繩半吊空中。即使抱石只限六米以下的高度,但沒有安全繩,攀爬者失手就會直接跌到軟墊上,只有克服怕跌才可以繼續。 攀爬要透過觀察路線,用想像力使用身體的四肢,再爆發體能攀上去,但只要堅持練習就一定會有進步。每一次征服看似不可能的路線,都會為攀爬者帶來無限的滿足感。 全民教練–黃嘉欣 五屆長洲搶包山包后,中五畢業後失戀失學,便到社區中心隨意參加興趣班,因為想訓練膽色、克服畏高,就參加攀石班,從此愛上攀爬,更是香港首位攀冰運動員,攀樹亦多次得獎,總之無攀不歡。她曾奪得2016全國自然岩壁精英賽-女子難度速度冠軍、香港抱石錦標賽2017女子公開組第四(香港代表最佳成績)、香港速度攀登賽2016女子公開組亞軍 全民運動員–肥仔呀熙、瘦弱豪爺、毒男Harry 三位學員一直都對攀石有興趣,卻苦無朋友相伴,今次一接觸就要接受數個月訓練、三個挑戰。 呀熙身重二百多磅,攀石每一步都要承受自己的體重,而且肚腩會阻礙攀爬,不中途放棄已經「算贏」;豪爺的大髀不及呀熙手臂粗,雖然平日有打排球,但身無半兩肉如何應付十幾米的石牆?毒男Harry十分畏高,除了邊攀邊震,還總是用錯力緊貼牆身,攀石最終能否展現他英勇的一面? 攀石運動員以大山作為背景,登上頂峰,氣勢一時無兩,但三位學員外表上卻顯得格格不入,對三位肥、瘦、毒的學員,這是一個不能的任務。 播映日期: 23-09-2019, 星期一, 1730-1800 (重播) 26-09-2019, 星期四, 0630-0700 27-09-2019, 星期五, 1030-1100

      23/09/2019
    • 籃球 / (Nepali) बास्केटबल

      籃球 / (Nepali) बास्केटबल

      (Nepali) सारांश बास्केटबल हङकङमा प्रचलित खेल हो, जसमा शारीरिक ताकत, गति, सहकार्य, सिप र उचाई एकीकृत हुन्छ। हङकङमा ३-अन-३ हाफ-कोर्ट बास्केटबल सामान्यतया बाहिर बास्केटबलको मैदानमा खेलिन्छ, जसले खेलाडीहरुलाई आफ्नो व्यक्तिगत सिप प्रस्तुत गर्ने मौका दिन्छ। तथापि, आधिकारिक ५-अन-५ फुल-कोर्ट खेलको लागि व्यक्तिगत सिप भन्दा बढि पनि केहि चाहिन्छ। यसले खेलाडीहरुको शारीरिक क्षमता, सहकार्यका साथै खेलको रणनीतिको समेत परिक्षण गर्दछ। सबैका लागि प्रशिक्षक- लि का-यिउ लि का-यिउ हङकङको ए-१ डिभिजनका पेशेवर बास्केटबल खेलाडी थिए, र उनी हङकङ बास्केटबल समूहको समेत सदस्य रहिसकेका छन्। ६ फुट १ इन्च उचाइ रहेका, उनले चौथो स्थानमा रहेर खेल्ने गर्थे, र पावर फरवार्डमा खेल्ने सबैभन्दा होंचो खेलाडी भनेर पनि चिनिन्थे। लि का-यिउ बास्केटबल प्रेमी हुन्, र अवकाश पछि बास्केटबल प्रशिक्षक बनेका छन्। बास्केटबल खेलको सम्पदालाई अगाडी बढाउने क्रमलाई निरन्तरता दिनको लागि उनी एस सी ए ए बास्केटबल टिमको ए-१ डिभिजनका सहायक प्रशिक्षक बनेका छन्। उनको अनुसार लगन र निरन्तर तालिमले, हरेकले आफ्ना प्राकृतिक शारीरिक कमजोरीहरु माथि विजय प्राप्त गरेर अरु खेलाडीहरुको तुलनामा आउन सक्छन्। सबैका लागि खेलाडी- किरिन समूह किरिन समूह १२ देखि १७ वर्षका सदस्यहरु रहेको एउटा बास्केटबल समूह हो जुन करिब एक वर्ष पहिले सामाजिक कार्यकर्ताहरुको मद्दतबाट स्थापित भएको थियो। अरु माध्यमिक विधालयको बास्केटबल समूह भन्दा भिन्न, किरिन समूहले सदस्य छनोट गर्न न विशिष्ट शारिक बनावट हेर्छ, न त नियमित तालिम नै गर्छ, किनभने यो समूहको स्थापनाको उदेश्य बास्केटबलको रमाइलोमा रम्दै आफ्नो आत्मबल, विश्वास र अनुसाशनको विकास गर्नु थियो। साथै, स्रोतको अभावका कारण यस समूहले कुनै पेशेवर तालिम समेत लिएको छैन। हरेक ढंगबाट यस समूहको प्रदर्शनी तल्लो भए तापनि, उनीहरु हरेक चुनौतीको सामना गर्छन् र विभिन्न प्रतियोगिताहरुमा अग्रसर भएर हिस्सा लिने गर्छन्। राम्रो तालिम प्राप्त गरेर उनीहरु "सजिलो टोली" को उपमाबाट मुक्त हुन चाहन्छन्। यो शृंखलामा, ला का-यिउले किरिन समूहलाई ६ महिनाको अवधिमा प्रशिक्षण गर्दछन्, ता कि सदस्यहरुले आफ्नो व्यक्तिगत सीप र शारीरिक क्षमता, र सहकार्यको विकास गर्दै, लगन र मेहेनत भए "सबैका लागि खेलकुद" भन्ने सन्देशको प्रमाण दिनेछन्। किरिन समूहको हरेक सदस्यको परिक्षण हुनुका साथै उनीहरुले दिईएको समयमा बल पास गर्ने, ले-अप शट र शुटिङ्ग पूर्ण गर्नुपर्ने छ, जसको लक्ष्य किरिन समूहको हरेक पक्षको विकास हो। उनीहरुले मिडिएटर समूहबाट अन्तिम चुनौती स्विकार्नु पर्ने छ। हाम्रा संचालक नङ का-हिमको साथ मिडिएटर समूहले एक अर्कासंग बास्केटबलको सीप सिक्ने वातावरण बनाई मैत्रीभावको स्थापना गर्छ। प्रसारण सुचना: 16-09-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 19-09-2019, बिहिवार, 0630-0700 20-09-2019, शुक्रबार, 1030-1100 全民動起來-籃球 籃球這項運動在香港十分流行,是一項綜合體力、速度、合作、技術及身高的運動。香港的室外運動場,一般用作進行3對3的半場比賽,讓球員更能發揮個人技術。不過,正規的5對5全場比賽所要求的卻不只是個人技術,對球員的體能、團隊合作,以至戰術及策略也有很高要求。 全民教練-李嘉耀 李嘉耀,曾是香港甲一組的職業籃球員,亦曾擔任香港籃球代表隊成員。他以6呎1吋的身高,擔任4號的位置,被諷刺為最矮的大前鋒。李嘉耀熱愛籃球,退役後晉身籃球教練,堅持把籃球運動傳承下去,現在更是甲一籃球隊南華隊的助教。他相信,只要透過堅持和刻苦的訓練,每個人都可以克服先天的不足,與其他球員一較高下。 全民運動員-麒麟隊 麒麟隊是一隊由社工協助成立,成軍只有一年多的青年球隊,成員介乎12至17歲。與一般中學校隊不同,球隊沒有刻意挑選體形優秀的人來擔任球員,也沒有定時訓練,球隊成立旨在隊員能夠享受打籃球的樂趣、提升成員的自尊、自信及紀律。另外,麒麟隊因受資源所限,所以沒有接受專業的訓練。雖然球隊在各方面都稍遜一籌,但仍然屢敗屢戰,積極參加各項比賽。他們希望透過專業訓練,不再做「魚腩部隊」。 在本集中,李嘉耀教練會花半年時間指導和訓練麒麟隊,讓球員提升個人技巧、體能和促進團隊合作,證明只要有決心,人人都可以「全民動起來」。麒麟隊的成員需要接受測試,並在指定時間內完成傳球、走籃和射籃,以期在各方面都得到顯著改善。他們更要接受終極挑戰,與喜歡以波會友的傳媒籃球隊,即主持伍家謙也參與其中的Mediator作賽,切磋球技。 播映日期: 16-09-2019, 星期一, 1730-1800 (重播) 19-09-2019, 星期四, 0630-0700 20-09-2019, 星期五, 1030-1100

      16/09/2019
    • 花式足球 II / (Nepali) फ्रीस्टाइल फुटबल II

      花式足球 II / (Nepali) फ्रीस्टाइल फुटबल II

      (Nepali) सारांश: प्रशिक्षक/ फ्रीस्टाइल फुटबल खेलाडी लाइसन सेजले पुरै जोडतोडका साथ यी तीन शिक्षकहरुलाई पाँचवटा प्राथमिक चालहरु सिकाउने छन् जसको अन्तरालमा उनीहरुले समय र पसिनाको मुल्यमा खुसी र व्याकुलता अनुभाव गर्नेछन्। हप्तौंको तालिम पश्चात, यी तीन शिक्षकहरुले एउटा कठिन चुनौतीको सामना गर्नेछन् : सडकमा प्रदर्शन । लाइसनका लागि, साइ युङ्ग चोइ स्ट्रिट साउथ त्यो ठाउँ थियो जसले उनलाई एउटा सन्तुलित सडक मनोरञ्जकको रुपमा स्थापित गर्यो र उनलाई दर्शकसंग अन्तरक्रियाको महत्वबारे पनि सिकायो। के व्यायाम शिक्षकहरु : पुइ, के , र सामुएल, जो फ्रीस्टाइल फुटबलका यस्ता सिकारुहरु हुन् जसले सार्वजनिक स्थलमा कहिल्यै प्रदर्शन गरेका छैनन्, आफ्नो मेहेनतले सिकेको कौशलताहरु यो व्यस्त सडकमा देखाउन सक्लान्? सडक प्रदर्शनीको बाहेक, यी व्यायामका शिक्षकहरुले एउटा अन्तिम चरणको चुनौतीको सामना गर्नेछन् जसमा हरेक शिक्षकले आ-आफ्नो प्राथमिक विधालयको तीनजना विधार्थीहरु संग मिलेर अवरोधले भरिएको फुटबलको पथ पार गर्नुपर्ने छ। लाइसनद्वारा निकै सोचबिचार गरेर बनाइएको यस पथमा, यी शिक्षकहरुले आफ्ना विधार्थीहरुलाई विभिन्न प्रकारका अवरोधहरु मिलेर पार गर्न तालिम दिनेछन्। यो चुनौतीले सदस्यहरुको कौशलताको जाँच मात्र नभएर, शिक्षकहरु र विधार्थीहरु बीचको सम्बन्धको समेत परिक्षण गर्नेछ। व्यायामको शिक्षकहरु भएको नाताले, के उनीहरुले आफुले सिकेका नयाँ कौशलताहरु विधार्थीहरुलाई सिकाएर, आपसी साझेदारीबाट ज्ञान आदान-प्रदानको नमुना प्रस्तुत गर्न सक्लान? प्रसारण सुचना: 09-09-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 12-09-2019, बिहिवार, 0630-0700 13-09-2019, शुक्रबार, 1030-1100 教練兼花式足球員施寶盛,盡力教會三名體育老師這五項基本招式,他們更在過程中體會到汗水與時間所換來的喜與憂。經過幾個星期的訓練,三位老師將會面對一項艱鉅的挑戰:街頭表演。對施寶盛而言,旺角西洋菜南街把他培育為一位鎮定自若的街頭表演者,也教會他與觀眾互動的重要。體育老師阿培、Kay與Samuel這三位從未公開表演過的花式足球新丁,能否在熙來攘往的街頭發揮苦學得來的技巧呢? 除了街頭表演,體育老師亦會面對一項終極挑戰,就是各自帶領三名小學生挑戰花式足球障礙賽。在施寶盛精心設計的賽道上,老師們要訓練自己的學生與他們一起跨過重重障礙。這項挑戰不但講求成員的技巧,更考驗師生間的默契。身為體育老師,他們又能否把剛剛學會的招式順利傳授學生,從而體現教學相長的道理呢? 播映日期: 09-09-2019, 星期一, 1730-1800 (重播) 12-09-2019, 星期四, 0630-0700 13-09-2019, 星期五, 1030-1100

      09/09/2019